केन्याविरुद्ध नेपालको रोमाञ्चक जित,विश्वकप छनोट खेल्ने सम्भावना जिवितै

काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले रोमाञ्चक जित हात पारेको छ । केन्यालाई नेपालले ३ विकेटले पाखा लगाउँदै नेपालले रोमाञ्चक जित निकालेको हो । जितका लागि नेपालले अन्तिम ओभरसम्म संघर्ष गर्नुपरेको थियो । अन्तिम ओभरमा नेपाललाई जितका लागि ६ रन चाहिएको थियो । अन्तिम ओभरको पहिलो बलमा रोहितले दुई रन लिएका थिए । तर अन्तिम ओभरको तेस्रो बलमा रोहित रनआउट भए । १ बलमा २ रन चाहिएको अवस्थामा सोमपालले २ रन लिएर नेपाललाई जिताए । सोमपालले ५ बलमा नटआउट रहँदै ५ रन बनाए ।

नेपालको ब्याटिङलाई उकासेका रोहित पौडेल ८६ बलमा ४७ रन बनाएर आउट भए । कप्तान पारस खड्का ४२ रन बनाएर आउट भए । आरिफ शेखले ८२ बलमा ४२ रन बनाए । यस्तै शरद भेषावकर १९, दिपेन्द्रसिंह ऐरी १, ज्ञानेन्द्र मल्ल ८ र अनिल कुमार साह शून्यमा आउट भएका थिए ।
नेपालको जीतका लागि रोहितकुमार पौडेल र आरिफ शेखको उत्कृष्ट साझेदारी रह्यो । रोहितले ४७ रन बनाए भने आरिफले ४२ रनको योगदान दिए ।  यस्तै कप्तान पारस खड्काले ४२ रनको योगदान दिँदा शरद भेषवाकरले १९ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक छुनन सकेनन् ।
केन्याविरुद्धको जीतसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना जिवितै राखेको छ । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १७७ रनको योगफल बनाएको थियो ।  केन्याका लागि सुरुवाती व्याट्सम्यान इरफान करिमले सर्वाधिक ४२ रन तथा अर्का सुरुवाती व्याट्सम्यान एलेक्स ओबान्डाले ४१ रन जोडे । त्यसैगरी कोलेन्स ओबुयाले २७, नेल्सन ओधिम्बोले २४ रन तथा सेम नोगोचेले अविजित २३ रन जोडे ।

केन्यालाई १७७ रनमा समेट्नेक्रममा नेपालका सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए । उनले १० ओभर बलिङमा ५ मेडन राख्दै ५ विकेट लिएर २० रन मात्र दिए । त्यसैगरी, सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषवाकरले समान एक–एक विकेट लिए नेपाले अब आफ्नो अन्तिम खेल बुधबार क्यानडासँग खेल्नेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु