राजीनामाबारे जोखना हेर्दै प्रधानमन्त्री ज्योतिषको शरणमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै राजिनामा दिने मनशाय बनाएका भएपनि उनी निकटका नेताहरुले तत्काल राजिनामा नदिनको लागि सल्लाह दिएपछि उनी पूनः ज्योतिषको शरणमा पुगेको स्रोतले जनाएको छ । अब उनी फागुन ३ गतेसम्म सरकारमै बस्ने मनशाय देउवाले बनाएका छन् ।

दउवाको चाहना फागुन ७ गतेको प्रजातन्त्र दिवस मनाएर विदा हुने रहेको देउवा निकट स्रोतले जनाएको छ । कामचलाउ सरकार भएकोले निर्वाचनको पूर्ण परिणाम आईसकेपछि अब पनि सरकारमा बसिरहन शोभनीय नहुने बताइए पनि तत्काल राजीनामा भने देउवाले नदिने भएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु