लामो छलफलपछि एमाले-माओवादी एकता नयाँ मोडालिटीमा,यस्तो भयो सहमति

काठमाडौं । लामो छलफलपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको नजिक पुगेका छन् । नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वयबीच पछिल्लो समय चलेको ुवान टु वानु वार्ताबाट सहमति नजिक पुगेको हो ।

सहमति अनुसार महाधिवेशनसम्म दुवै सहअध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने गरी समझदारी जुटेको बताइएको छ । माओवादी केन्द्रका नेता जनार्दन शर्माले पनि झापा पुगेर सञ्चारकर्मीलाई ओली र प्रचण्ड दुवै महाधिवेशनसम्म सहअध्यक्ष रहने र सरकारको नेतृत्व आलोपालो गर्ने विकल्पमा करिब सहमति जुटेको बताएका थिए ।

यसअघि एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने र प्रचण्डले एकीकृत पार्टीको नेतृत्व गर्ने विकल्पमा घनिभूत छलफल भएको थियो । तर, शीर्ष तहमा सहमति जुट्न नसकेपछि दुवै अध्यक्ष सहअध्यक्ष रहने गरी समझदारी कायम गरेर एकताको कोर्ष पूरा गर्न सहमत देखिएका हुन् ।

पार्टी एकतामा जाँदा सरकार र पार्टी नेतृत्व फरक-फरक पार्टीको हुनुपर्ने अडान माओवादी केन्द्रले राख्दै आएको थियो। एमाले अध्यक्ष ओलीले नयाँ सरकारको नेतृत्वसँगै पार्टी एकतामा समेत आफ्नो दाबी गरेका थिए। सोही कारण माओवादी केन्द्रका अध्यक्ष दाहालले नेतृत्वको विषयले एकता प्रक्रिया जटिल मोडमा पुगेको बताउँदै परिवर्तनका लागि फड्को मार्न तयार रहेको अभिव्यक्ति दिएका थिए।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु