लण्डन विमानस्थलमा फेला पर्‍यो विस्फोटन नभएको दोस्रो विश्वयुद्धको बम

एजेन्सी । लण्डनस्थित थेम्स नदी नजिकै दोस्रो विश्वयुद्धताकाको विस्फोट नभएको बम फेला परेपछि लण्डन सिटी विमानस्थलका सबै उडानहरु रद्द गरिएको छ ।

महानगरीय प्रहरी सेवाले बम फेला परेको २१४ मिटर क्षेत्रभित्र बसोबास खाली गराएको छ । हाल सुरक्षाबलहरु त्यहाँ रोयल नेभीका विज्ञहरुको सहायतामा उक्त विस्फोटक उपकरणलाई हटाउन काम गरिरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रहरीहरुले उक्त बमलाई आइतवार उक्त विमानस्थलको पूर्व योजनाका लागि कार्य गरिरहँदा जर्ज भी बन्दर्गाहमा फेला परेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु