प्रदेश मन्त्रिपरिषद्: जम्मरकट्टेल ‘गृह’मन्त्री, स्थापित पूर्वाधारमन्त्री

काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषदमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका एक-एक मन्त्री समावेश छन् । एमालेका केशव स्थापितले भौतिक योजना तथा निर्माण र माओवादीका शालिकराम जम्कट्टेलले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यी दुवै मन्त्रालय प्रदेशमा निकै महत्वपूर्ण मानिन्छन् । आन्तरिक मामिला मन्त्रालय केन्द्रमा गृहमन्त्रालय भनेजस्तै हो । दुवै मन्त्रीले प्रदेश प्रमुख अनुराधा कोइरालाबाट सोमबार नै शपथ लिएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु