डोरमणि पौडेलले लिए पद तथा गोपनियताको सपथ

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् । पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष सपथ लिएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा सपथ लिएका पौडेलले केहीबेरमा पदभार सम्हाल्ने कार्यक्रम छ । प्रदेश ३ मा बहुमत ल्याएको एमालेले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि प्रदेश प्रमुख कोइरालाले पौडेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

एमाले संसदीय दलका नेता रहेका पौडेल संघीय नेपालका सात प्रदेशमध्ये मुख्यमन्त्री नियुक्त हुने पहिलो व्यक्ति हुन् । संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख कोइरालाले पौडेललाई आइतबार मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । संविधानअनुसार बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु