डिभिजन टू: नेपालद्वारा युएई पराजित,पारसको बिष्फोटक ब्याटिङ

काठमाडौं । आइसीसी डिभिजन टू को तेस्रो खेलमा नेपाल विजयी भएको छ । पारस खडकाको बिष्फोटक ब्याटिङ मद्दतमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको हो । नामिबियाको विन्डहक स्थित मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले ३१ ओभरमा युएइको सबै विकेट झार्दै १ सय १४ रनमा रोकेको थियो । युएईले नेपाललाई जितका लागि दिएको ११५ रनको लक्ष्य नेपालले २८।५ ओभरमा ६ विकेट खर्चेर पूरा गर्यो ।
नेपालको जितका लागि कप्तान पारस खड्काले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ४८ बलको सामना गर्दै २ चौका र ५ छक्काको मद्दतमा ५१ रन बनाएका हुन् । यस्तै आरिफ शेखले १६ रनको योगदान दिँदा आरके पौडेल र सोमपाल कापी क्रमशः १२ र १० रन बनाउँदै नटआउट रहे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक पनि छुन सकेनन् ।

यसअघि नेपालले आज टस जितेपछि फिल्डिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएको यूएईले ३१ ओभरमा सबै विकेट गुमाई ११४ रन बनाएको थियो । यसअघि युएइलाइ १ सय १५ रनमा समेटने क्रममा नेपालका सोमपाल कामीले सबैभन्दा धेरै ४ विकेट झारे, सन्दीप लामिछानेले ३, पारस खडका २ र करण केसीले १ विकेट लिए ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु