डोरमणि पौडेल प्रदेश नम्बर ३ को मुख्यमन्त्री नियुक्त,यसरी उदाए डोरमणि

काठमाडौं । डोरमणि पौडेल प्रदेश नम्बर ३ को मुख्यमन्त्री नियुक्त भएका छन् । नेपालको इतिहासमा पहिलो मुख्यमन्त्री पनि बनेका हुन् । भोलि विहान ८ बजे सपथ तय भएको छ । नेकपा एमाले र नेकपा माओवादीको वाम गठबन्धनले सरकार गठनको दावी गरे अनुसार प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई आइतबार मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

काठमाडौंको तत्कालिन फर्पिङ गाविसमा वि.सं. २००२ साल चैत १५ गते जन्मिएका उनको स्थायी ठेगाना मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, नवलपुर हो । मायानाथ पौडेल र कुलकुमारी पौडलका सुपत्र डोरमणिले मानविकी संकायमा स्नातक बी.ए. सम्मको औपचारिक अध्ययन गरेका छन् । वि.सं. २०३० सालदेखि विद्यार्थी राजनीति सुरु गरेका उनी २०३६ सालदेखि राजनीतिमा सक्रिय भएका थिए ।

उनले २०३२ देखि १० बर्ष शिक्षक भएर शिक्षण समेत गराएका थिए । लामो समय अर्धभूमिगत जीवन बिताएका उनको २०४६ सालको जनआन्दोलन ताकामा तत्कालिन सरकारले टाउकोको मुल्य तोकेपछि ५६ दिन भारतमा बसेका थिए । चार पटक कैद सजाय तोकेर जेल परेका उनी १८ पटक प्रहरीको हिरासतमा बसेका थिए । नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको २०४८ र २०५४ मा निर्वाचित मेयर हुन्।

राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगमा सदस्य भएर समेत काम गरिसकेका पौडेल, अन्तर्राष्ट्रिय संस्था यूसीएलजीको उपाध्यक्ष, सिटीनेटको कार्यकारी सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष, शहीद स्मारक विकास समितिको अध्यक्ष समेत हुन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु