‘प्याडम्यान’ ले दुई दिनमा कमायो २४ करोड

बलिउड । शुक्रबारबाट प्रदर्शनमा आएको अक्षय कुमार, राधिका आप्टे र सोनम कपूरको मुख्य भूमिका रहेको “प्याडम्यानले” शुक्रबार १० करोड २६ लाख र शनिबार १३ करोड ६८ लाख कमाई गरेको छ । दुई दिनमा फिल्मले कूल २३ करोड ९४ लाख कलेक्सन गरेको हो ।

पछिल्लो समय लगातार हिट फिल्म दिँदै आएका अक्षयको यो फिल्मले पनि राम्रै व्यापार गर्ने अनुमान लगाइएको छ। फिल्मलार्इ अक्षयकी श्रीमती ट्विंकल खन्नाले निर्माण गरेकी हुन भने फिल्मको निर्देशन आर बाल्कीले गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु