आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू : नेपाल र युएई भिड्दै

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू क्रिकेटमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गहिरहेको छ । नामिवियामा जारी अघिल्ला दुई खेलमध्ये एकमा हार र एकमा जित निकालेको नेपालले तेस्रो खेलमा युएईविरुद्ध खेल्न लागेको हो ।

विन्डहुकस्थित अफिस पार्कमा नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेबाट खेल सुरू हुने भनिएपनि पानी परेका कारण खेल केहिबेर ढिला हुने भएको छ । डिभिजन टूको शीर्षस्थानमा रहँदै विश्वकप छनोट यात्रा तय गर्न नेपालले आजको खेल जित्नैपर्ने भएपनि युएई बलियो टिम भएकाले नेपाललाई चुनौती पन्छाउन निकै कठिन देखिन्छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु