सिरियामा ३० वर्षयताकै सबैभन्दा ठूलो हमला

एजेन्सी । शनिबार सिरियामा आफूले गराएको हवाई हमलालाई, गएको ३० वर्षयताकै सम्भवत सबैभन्दा ठूलो हमलाका रूपमा इजरायली सेनाले व्याख्या गरेको छ ।

इजरायली प्रतिरक्षा बल आइडिएफका प्रवक्ता जोनाथन कनरिकसलेदमासकस नजिकैका सैन्य अखडा हवाई हमलाको निशानामा परेको बीबीसीलाई बताए । इजरायलको हवाई हमलाको निशानामा १२ सैन्य अखडा रहेका छन् जसमध्ये ४ वटा इरानी अखडामा निशानामा पारेको क्षेत्र रहेको बताइएको छ ।

सिरियाले शनिबार गोली हानी इजरेली लडाकु विमान तल खसालेपछि अमेरिका र रुसले आपत्ति जनाएका छन् । अमेरिका र रूसले सीमा क्षेत्रमा भएको हिंसा बढेसँगै आफूहरूको चिन्ता बढेको बताएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु