गोङ्गबु साहित्य समाजको २२ औं नियमित काव्य वाचन श्रृङ्खला सम्पन्न

काठमाण्डौ । २०७४ माघ २८,गोङ्गबु साहित्य समाजको २२ औं नियमित काव्य वाचन श्रृङ्खला आज लुनार स्कुलमा संस्थाकी सचिव तारा केसीको सभापतित्वमा सम्पन्न भयो ।

सोही संस्थाकै कोषाध्यक्ष चन्द्रा न्यौपानेले सञ्चालन गरेको सो कार्यक्रममा अध्यक्ष द्वारिका कुइकेल र उपाध्यक्ष सीता विष्ट कार्कीले अतीथिलाई खादा ओढाएर सम्मान गरेकी थिइन।

कथाकार भागिरथी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा कथाकार माया ठकुरी,नियात्राकार मञ्जु निरौला,प्रेस काउन्सिलका चेतनाथ धमला,चलचित्रकर्मी ,संगीतकर्मी तथा सामाजिक अभियन्ता प्रकाश सुवेदी,लुनार स्कूलका प्र.अ.बलराम भट्ट,योगगुरू पदम दोङ्ग, ससाङ्क मासिकका सम्पादक उमेश पाण्डे,चन्द्रागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कन, शताब्दी साहित्य प्रतिष्ठानकी अध्यक्ष अन्जना पौडेल,डा. सत्यराज थपलिया,जसध्वज गुरूङ,राधा नेपाल, राजेश खोटाङ्गे,रबिन नेपाल,नारायण प्रसाद चौलागाई, केदारनाथ पाठक,आधुनिक साहित्य परिषदका सचिव दामोदर ढकाल ञदिपझ,उत्तम बिचार,सिद्वान्तराज प्रयास,लक्ष्मी बस्नेत ,सानु शर्मा ,बासु ठकुरी,हरिप्रिसाद पाण्डेय,भोलानाथ डल्लाकोटी,दुर्लभ शाह ञत्यागीझ,बिनोद के.सी,दीक्षा भण्डारी,पृथक हिमाल ओली,अञ्चल वान्तवा,बिकाश थापा,श्याम लिम्बु ,टंकबहादुर खत्री,लगाएतका कनिष्ट देखि वरिष्ठ सर्जक साहित्यकारहरुले रचना वाचन गरेका थिए।

संसाक मासिकका सम्पादक उमेश पाण्डेले ले स्वागत मन्तव्य राखेको उक्त समारोहमा प्रमुख अतिथि ज्यूबाट रोजी उपन्यासका लेखक बिकाश वावु थापालाई खादा ओढाएर सम्मान गरेका थिए ।  राजनीतिज्ञ तथा समाजसेवी केदारनाथ पाठकले सो कार्यक्रमको चियापान खर्च उपलव्ध गराएका थिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु