डिप्रेसन र एंजाइटीबाट ग्रसित भइन् सेलेना गोमेज

एजेन्सी । हलिउडकी अभिनेत्री तथा गायिका सेलेना गोमेजले आफुलाई डिप्रेसन र एञ्जाइटीको समस्या भएको कुरा सार्वजनिक गरेकी छिन् । गोमेजले आफु उक्त समस्यासँग जुझिरहेको र त्यसबाट कहिल्यै पार नपाउने आफुलाई लागेको बताइन् ।

उनले भनिन्, ‘म सधैं यो समस्याबारे बोल्दै आइरहेकी छु तर मलाई लाग्दैन कि म कहिले यो समस्याबाट बाहिर आउँछु । तर सधै स्वस्थ रहन चाहन्छु ।’ सेलेना गोमेजले केहि समयअघि मात्र मिर्गौला प्रत्यारोपण गरेकी थिइन् । उनलाई उनकी एकजना निकट साथी फ्रेन्सिया रेसाले मिर्गौला दान गरेकी थिइन् । उनले आफु हाल जुझिरहेको डिप्रेसन र एंजाइटी त्यसै समस्याको साइड इफेक्ट भएको बताइन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु