राष्ट्र,राष्ट्रियता र सकारात्मक जीवनको लागि एक महान उत्प्रेणात्मक कार्यक्रमको तयारी अन्तिम चरणमा :

सिड्नी अष्ट्रेलिया

सिड्नीमा हुने एक विशेष कार्यक्रम राष्ट्र राष्ट्रियता र सकारात्मक जीवनको एक महान उत्प्रेणात्मक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ। पूर्व मन्त्रिपरिषदका अध्यक्ष तथा पूर्व प्रधानन्यायाधिश खिलराज रेग्मी ,विश्व शान्ति परिषदका शान्ति दुत तथा उत्प्रेरक वक्त्ता आचार्य राजन शर्मा (भीमसेन सापकोटा ), प्रख्यात संचारकर्मि तथा प्रखर वक्ता प्रेम बानियाँ,नागरिक समुहका प्रमुख तथा प्रेरक वक्ता निगम हुमागाईं  लगायतका वक्ताहरूको जोडदार प्रस्तुती रहने सो कार्यक्रम अष्ट्रेलियामा रहने नेपालीहरुको निम्ती एक विशेष रहने आयोजक मध्येका एक विदुर प्रसाद सापकोटाले बताए।

फेब्रुअरि १७ तारिख शनिवार बिहान ११.३० बजे देखि ३ बजे सम्म हर्ट्स्भिल स्थित सिभिक थिएटरमा आयोजना हुने सो कार्यक्रम विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS)को मुख्य आयोजना र असनेपालन्युजको प्रस्तुतिमा हुनेछ भने सो कार्यक्रमको सह आयोजकमा नागरिक समुह , नेपाल , भिएफएम लगायतका संस्थाहरू रहेका छन्। कार्यक्रममा राजदुतावास , महावाणिज्य दुतावास ,गैर आवसीय नेपाली संघ अस्ट्रेलिया र विभिन्न संघ संस्थाको सहभागिता रहने जनाइएको छ ।

सकारात्मक जीवन , राष्ट्र , राष्ट्रियता र स्वाभिमान जागरणका लागि एक भव्य उत्प्रेरणात्मक तथा अन्तर्कृयात्मक कार्यक्रम बाट प्रत्यक्ष रुपमा थूप्रै सहभागीहरु,सामाजिक सन्जाल तथा अप्रत्यक्ष रुपमा विश्व भरका लाखौं लाख नेपाली समुदायहरु लाभान्वित हुने आयोजकहरूको अपेक्ष्या छ ।

कार्यक्रममा अस्ट्रेलियाली अन्तर्राष्ट्रिय विध्यार्थी संगठनका केन्द्रीय अध्यक्ष विजय सापकोटा लगायतको प्रस्तुती रहने छ भने कवि तथा संचार कर्मि महेश्वर शर्माले सो कार्यक्रम सन्चालन गर्ने छन्। यो कार्यक्रम राष्ट्रियता र स्वाभिमान जगाउनको निम्ती आयोजना भएकाले यसको भव्य सफलताको अपेक्ष्या गर्दै सबै सिड्नीवासिलाई सो अवसर नछुटाउन अनुरोध गरिएको छ।

साथै फेब्रुअरि १८ तारिख २०१८ आईतवार मेलवर्नमा स्थानिय संस्था सहास नेपालको आयोजनामा सो कार्यक्रम हुने भएको छ। 495 Lygon St, Brunswick East VIC 3057 (cyprus community centre)मा हुने सो कार्यक्रम दिउंसो १ बजे देखि शुरुहुने बताईएको छ। निःशुल्क प्रवेश र खाजाको समेत व्यवस्था मिलाइएको कार्यक्रममा सहभागी हुन पहिले नै आफ्नो नाम दर्ता गर्नुपर्ने आयोजक संस्था सहास का प्रमुख कृष्ण न्यौपानेले असनेपालन्युजलाई बताए । नाम दर्ताको लागि  0449849385 मा सम्पर्क गर्न सकिनेछ। सहयोगी हात समूह ‘सहास’ले यसअघि धुर्मुस सुन्तली फाउन्डेशनका लागि सहयोग जुटाउने अभियान चलाएको थियो । कार्यक्रममा मेलवर्नका   स्थानीय विभिन्न संघ संस्थाले पनि सहकार्य गर्नेछन् ।

राजनीतिक दल, गुट र उपगुट भन्दा पनि स्वच्छन्द राष्ट्र निर्माण र जीवन उत्थानको कार्यक्रम भएकाले यो अष्ट्रेलियाको नेपाली समूदायका लागि अत्यन्त अविष्मरणीय र लोकप्रिय कार्यक्रम हुने जनाईएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु