बार्सिलोना फाइनलमा प्रवेश

एजेन्सी । विहिबार राति भएको ‘कोपा डेल रे’ कपको सेमिफाइनल खेलमा बार्सिलोनाले भ्यालेनसियालाई २-० गोलले पराजित गरेको छ । पहिलो लिगमा १-० गोलको अग्रता बनाएको बार्सिलोनाले समग्रमा ३-० गोलले भ्यालेनसियालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।
खेलको पहिलो हाफमा दुवै टोलीले केही उत्कृष्ट अवसरहरु सिर्जना गरेका थिए । तर, गोल भने भएन । तर, दोस्रो हाफमा भने बार्सिलोनाले सानदार खेल प्रदर्शन गर्यो । यसै सिजन बार्सिलोना आएका फिलिपिन्हो कोटिन्होले बार्साका लागि पहिलो गोल गरे । खेलको ८२ औ मिनेटमा इभान र्याकिटले दोस्रो गोल गरे । यो जितसँगै बार्सिलोना यस सिजनको पहिलो उपाधि नजिक पुगेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु