राजेन्द्र खड्गी पक्राउ

काठमाडौं । द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले खड्गीलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो । खड्गीले कलाकारको नाममा विभिन्न व्यक्तिलाई गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको आरोपमा

खड्गीले दक्षिण कोरियामा विभिन्न ड्रामा, डकुमेन्ट्री, फिल्म बनाउने भनी कलाकारको नाममा विभिन्न व्यक्तिहरूलाई पठाई मानव ओसारपसार गरेको उनीमाथि आरोप लागेको छ ।

केही समय अगाडि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रममा भाग लिन खड्गीसहितको जम्बो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको प्रहरीको भनाई छ । तर, खड्गी र अर्को एक जना मात्रै नेपाल फर्केको र बाँकी ११ जनालाई उतै छोडिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पाइएको छ ।

प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँसम्म लिएर रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा मान्छे पठाएको पाइएको प्रहरीले जनाएको छ । सोही आरोपको आधारमा खड्गीमाथि थालिएको हो ।

खड्गीसँगै एउटै टोलीमा गएका श्रीप्रसाद राना, निमा शेर्पा र कालु लामा लगायतका ११ जना युवा–युवती कोरियामै रहेको प्रहरीको सुरुको अनुसन्धानमा छ । कलाकार राजेन्द्र खड्गीले कोरियामा छाडेको भनिएका श्रीप्रसाद राना, निमा शेर्पा र कालु लामालाई आफूले नचिनेको खड्गीले दाबी गरेका छन् ।

आउने भदौबाट लागू हुने नयाँ फौजदारी ऐनलाई देखाएर कत्तिपय कानुन व्यवसायीकै सहयोगमा जापान, कोरिया, अस्ट्रेलिया जस्ता मुलुकमा शरणार्थी भिसा लगाउने गिरोह नै सक्रिय भएको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोेले त्यस्ता गिरोहबारे पनि अनुसन्धान गरिरहेको बताइएको छ । खड्गीमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्यादसमेत लिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु