नामिबियासँगको पहिलो खेलमा नेपाल १ विकेटले विजयी

काठमाडौं । नामिबियालाई एक विकेटले पराजित गर्दै नेपालले विश्व क्रिकेट लिग डिभिजन दुईमा विजयी सुरुवात गरेको छ। नामिबियाले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर चार बल बाँकी छँदा लक्ष्य भेटायो। नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले ४९।२ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालले ४ बल मात्र बाँकी रहँदा जीत हासिल गर्यो ।

नेपाललाई जीतका लागि १ रन आवश्यक हुँदा वाइड बल भयो । त्यसअघि नेपालका बसन्त रेग्मीले चौका प्रहार गरेर नेपाललाई जीत नजिक पुर्याएका थिए । बसन्त रेग्मीले कूल २४ रनको योगदान दिए ।

प्रतियोगितामा नेपालका तर्फबाट सरद भेषवाकरले सबैभन्दा २९ रन बनाए भने कप्तान पारश खड्काले १९ रन बनाए । रोहित पौडेलले १७ रन बनाउँदा ओपनर ज्ञानेन्द्र मल्लले १५ रनको योगदान दिए । यस्तै सोमपाल कामीले १३ रनको योगदान पुर्याउनुबाहेक अन्य ब्याट्सम्यानले दोहरो अंक पनि छुन सकेनन् । नामिबियाका स्कोल्ट्जले ४ तथा कार्ग विलियम्सले ३ विकेट लिए। पहिलो पारीमा सन्दीप लामिछानेले ४ तथा सोमपाल कामीले ३ विकेट लिएपछि नामिबिया ३४।२ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रनमा अलआउट भएको थियो।

टस जितेर फिल्डिङ रोजेको नेपालले नामिबियालाई १३८ रनमै समेटेको थियो । ५० ओभरको खेलमा १३९ रनको सामान्य लक्ष्य पाए पनि नेपालले ब्याटिङमा भने खासै राम्रो प्रदर्शन गर्न सकेन ।

Comments

comments

सम्बन्धित शिर्षकहरु