नामिबिया १३८ रनमै अलआउट, सन्दिपले लिए ४ विकेट

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाललाई नामिबियाले १३९ रनको चुनौती दिएको छ । विन्डहोकमा टस जितेर फिल्डिङ रोजेको नेपाललाई नामिबियाले ३४. २ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनको चुनौती दिएको हो ।

केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ । पहिलो ओभरबाटै घरेलु टोलीलाई दबाबमा राख्न सफल नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिन सफल भए । ८.२ ओभर बलिङ गरेका लामिछानेले दुई मेडन राख्दै नामिबियालाई मात्र १८ रन दिए ।

सन्दीपले नामिबियाका क्रियाग विलियम्सलाई ४१ रन बनाएर खेलिरहँदा एलबिडब्लूको धरापमा पार्दै महत्वपूर्ण विकेट लिएका थिए। विलियम्सले नामिबियाका लागि ८ चौकासहित सबैभन्दा बढी ३४ रन जोडे । सन्दीपले सारेल वर्गरलाई पनि शून्य रनमा एलबिडब्लुकै शिकार बनाए । उनले बेर्नान्ड स्कोल्सलाई १ रनमा पारसबाट क्याच आउट गराए । सन्दीपले अन्तिम विकेटको रुपमा जेजे स्मिथलाई १८ रनमा कप्तान पारसबाटै क्याच गराएका थिए ।

यसैगरी नेपालका लागि सोमपाल कामीले सुरुवाती ३ विकेट लिए । उनले पहिलो ओभरमा एलपी भान डेरलाई शून्य रनमा बोल्ड गर्न सफल भए भने पाँचौं ओभरमा स्टेफन बार्डलाई १८ रनमा आउट गरे । उनले तेस्रो नम्बरमा ब्याटिङ गरेका जान ग्रिनलाई २२ रनमै सिमित गरिदिए । सोमपालले ७ ओभरमा ३५ दिए भने १ मेडन फ्याँक्न सफल भए । नेपालका लागि सरद भेषावकर,कप्तान पारस खड्का र बसन्त रेग्मीले १–१ विकेट आफ्नो नाममा लेखाए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु