बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई ५ वर्षको जेल सजाय

एजेन्सी । भ्रष्टाचार गरेको आरोपमा बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई ५ वर्षको जेल सजाय सुनाइएको छ । बालबालिकाको एउटा संस्थालाई दिइएको विदेशी सहयोगको दुरुपयोग गरेको भन्दै बंगलादेशको उच्च अदालतले पूर्वप्रधानमन्त्री जियालाई ५ वर्षको जेल सजाय सुनाएको हो ।

ढाकास्थित एक विशेष अदालतमा उनीविरुद्ध सजायको फैसला हुनुअघि हजारौँ व्यक्तिहरु उनको समर्थनमा सडकमा निस्केका थिए। उनीहरुलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। सोही मुद्दामा खालिदा जियाको छोरा तारिख रहमान र अन्य चार जनालाई १० वर्षको जेल सजाय सुनाइएको छ।

सजायको अर्थ यसैसाल हुने संसदीय निर्वाचनमा भाग लिन पाउने छैनन। ७२ वर्षीया खालिदा जियाले आरोप अस्वीकार गर्दै यो मुद्दा राजनीतिक उद्देश्यले लगाइएको बताएकी छन्। खालिदा जिया र वर्तमान प्रधानमन्त्री शेख हसिनाबीच लामो समयदेखि प्रतिस्पर्धा चल्दै आएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु