एक/दुई दिनभित्रै प्रधानमन्त्रीको राजीनामा आउँछः कानुनमन्त्री थापा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले एक दुई दिनभित्रै प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने खुलासा गरेको छन्। बिहीबार रिपोर्टर्स क्लबको साक्षत्कारमा बोल्दै मन्त्री थापाले फागुन ७ गतेसम्ममा नयाँ सरकार गठन हुनेगरी प्रधानमन्त्रीको राजीनामा आउने बताए।

‘फागुण ७ गतेको प्रजातन्त्र दिवस मनाएर हामी विदा हुन्छौं, त्यही दिन नयाँ सरकार गठन हुन्छ’, उनले भने।मन्त्री थापाले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने सुनिश्चि भएको भन्दै उनलाई शुभकामना समेत दिए।ष्ट्रिय सभाको निर्वाचन गरेर सरकारले आफ्नो दायित्व पूरा गरेको भन्दै मन्त्री थापाले राष्ट्रिय सभामा तीन जनाको मनोनयन पनि यही सरकारले गर्ने दावी गरे।

उनले राष्ट्रिय सभाको गरिमालाई धान्न सक्ने तीन जना साझा व्यक्तिहरुलाई मनोनयन गर्ने पनि बताए।आगामि मन्त्रिपरिषदको बैठकमा यसबारे निर्णय हुने भन्दै उनले भने, ‘३ जनाको नाम सिफारिश गर्दा साझा व्यक्तित्व चयन गर्छौ, योग्यता पुगेकाहरुलाई नै हामी सिफारिश गर्छौं।’

मन्त्री थापाले विपक्षीहरुको काम विरोध गर्नु भएको भन्दै सरकार निर्णय गर्नबाट पछाडि नहटे बताए।कांग्रेस सभापति देउवा नेतृत्वको सरकारले महत्वपूर्ण निर्णयहरु गरेकोमा विरोध हुनु स्वभाविक भएको उनको दावी थियो। ‘सरकारले निर्णय गर्दा सरकार बाहिर भएका दलहरुले विरोध गर्नु स्वभाविक हो।’

सम्बन्धित शिर्षकहरु