धनाढ्यहरुको लागि विश्वमै सबैभन्दा आकर्षक गन्तव्य अष्ट्रेलिया

अष्ट्रेलिया । अष्ट्रेलिया धनाढ्यहरुको लागि विश्वमै सबैभन्दा आकर्षक गन्तव्य बनेको छ । न्यु वर्ल्ड वेल्थले सार्वजनिक गरेको सूचीमा अष्ट्रेलिया बसाईसराईको लागि धनाढ्य व्यक्तिहरुको रोजाइमा विश्वकै पहिलो नम्बरमा आएको हो।

उक्त तथ्यांक अनुसार अष्ट्रेलिया धनाढ्यहरुको लागि विश्वमै सबैभन्दा आकर्षक गन्तव्य बनेको छ । गत वर्ष अर्थात २०१७ मा १० हजार मिलिनियरहरु अष्ट्रेलियामा बसाईसराई गरेका छन् ।

अष्ट्रेलिया पछि अमेरिका यस सूचिको दोस्रो स्थानमा आएको छ। अमेरिकामा २०१७ मा ९ हजार मिलिनियरहरु बसाई सरेका थिए। यस तथ्याङ्कबाट औसतमा हेर्दा अमेरिकी नागरिक भन्दा अष्ट्रेलियन नागरिक धनी देखिएको बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु