राष्ट्रियसभा निर्वाचन अन्तरगत प्रदेश १ को दुवै पदमा एमाले विजयी

विराटनगर । प्रदेश नं १ मा अाज दुई सदस्यका लागि भएको राष्ट्रियसभाकाे चुनावमा दुवै पदमा एमाले उम्मेदवार विजयी भएका छन् । विराटनगरको वीरेन्द्रसभा गृहमा आज अपराह्न सम्पन्न मतगणनामा दलित समूहबाट एमालेका खेमराज नेपालीले ६ हजार २७० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका विनयकुमार विश्वकर्माले २ हजार २३२ मत प्राप्त गरेका थिए ।

यसैगरी अल्पसंख्यक समूहबाट एमालेकै अगमप्रसाद बान्तवा विजयी ५ हजार १३८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दि नेपाली काँग्रेसका महेश जाजुले दुई हजार ८९८ मत प्राप्त गरेका छन् ।

यसअघि, महिलाको तीन पद र खुलाको तीन पदका उम्मेदवारहरू निर्विरोध निर्वाचित भइसकेका छन् । कूल आठ स्थानमा एमालेका पाँच, काँग्रेसका दुई र नेकपा (माओवादी केन्द्र) को एकजना निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा खुला समूहबाट एमालेका पर्शुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी र काँग्रेसबाट रमेशजंग रायमाझी रहेका छन् भने महिला समूहबाट एमालेका नैनकला ओझा, माओवादी केन्द्रका विना पोखरेल र काँग्रेसका सरिता रहेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु