ताइवानमा शक्तिशाली भूकम्प

एजेन्सी । ताइवानमा ६ दशमलव ४ म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्पका कारण मानवीय क्षति कम भएतापनि दर्जनौ भवनहरु भत्किएका छन् भने ठूलो मात्रामा भौतिक क्षति भएको छ । स्थानीय समय अनुसार राति ११ बजेर ५० मिनेटमा भूकम्प जाँदा अधिकांश मानिस निन्द्रामा थिए ।

घटनामा सयौंको संख्यामा मानिसहरु घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । भूकम्पका कारण ठूल्ठूला अपार्टमेन्टहरु धराशयी हुन पुगेका छन् । अपार्टमेन्टहरु ४५ डिग्रीको कोण बनाई ढलेका थिए ।

नेशनल फायर एजेन्सीका अनुसार भुकम्पका कारण सडकहरु पनि क्षतिग्रस्त हुन पुगेका छन् र इलेक्ट्रिसिटी पनि गायब भएको छ । हजारौं बिल्डिङमा पानीको सप्लाई बन्द भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु