नेपाली युथ फोरम अष्ट्रेलियाले अायोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न

सिड्नी अष्ट्रेलिया
 हरेक वर्षझैँ यस वर्षपनि अष्ट्रेलियामा रहेको सृजनशिल युवाहरुको संगठन नेपाली युथ फोरम अष्ट्रेलियाले रक्तदान आयोजना गरेको छ । गत शनिबार अष्ट्रेलियन रेडक्रस ब्लड डोनर सेन्टर  ४८३ जर्ज स्ट्रिट टाउनहलमा संस्थापक महासचिव तथा समाजसेवी स्वर्गीय सुरज भट्टराईको सम्झनामा संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
फेब्रुअरी  ३ का दिन करीब २ बजेबाट सुरु भएको कार्यक्रम ४ बजे समापन भएको थियो । संस्थाका प्रवक्ता दिवाकर काफ्लेलेका अनुशार १३ रक्तदाताहरुको रक्तदान गरेको यस कार्यक्रममा ११ रक्तदाताहरुले होल ब्लड (Whole Blood) तथा बाँकी २ ले प्लाज्मा (Plasma) दान गरेका छन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष सागर अधिकारीले उपस्थित सबैप्रति आभार व्यक्त गरेका थिए । साथै कार्यक्रमलाई फोरमका महासचिव अरुण गौतम तथा सचिव दामोदर रावलले संयोजन गरेका थिए । नेपाली युथ फोरम अष्ट्रेलियाले आफ्नो स्थापनाकालदेखी नै हरेक बर्ष रक्तदान गर्दै आएको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु