कुण्डलिनी योगको महत्व र शक्ति साधना, उपासनाको इतिहास

शक्ति साधना, उपासनाको इतिहास भारतबर्षको उत्पत्तिसँगसँगै भएको मानिन्छ । अर्थात् यो प्राग्ऐतिहासिक सिन्धुघाटी सभ्यता, मोहनजोदारो, हडत्पा आदिकाल जत्तिकै पुरानो छ भनौ लगभग ईसापूर्व २ सय बर्षभन्दा अगाडी बुझिन्छ । शुरुदेखि नै प्राकृतिलाई मातृरुप मानेर शक्तिसाधना गरिदै आएको र कालान्तरमा शिवको रुपमा एउटा महापुरुषको कल्पना गरियो ।

इस्वी सम्वत् १,२०० सम्म आइपुग्दा तन्त्र — मन्त्र — यन्त्र मात्र नभई शिव र शक्तिको विविध स्वरुपमा आराधना, उपासना गर्न थालिएको पाईन्छ भने यसै समयमा कुण्डलिनी योगको महत्व र विकासमा वृद्धि भएको पाईन्छ । यसै क्रममा चरमरुपमा पंचमकार उपासनाको प्रभाव समेत वृद्धि भएको पाईन्छ ।

शक्ति मतबाट प्रादुर्भाव भएको कौल मत, जसले आफै अद्धैतवादको मतावलम्वी हुँदाहँुदै पनि शिव र शक्तिलाई समान महत्व दिन्छ अर्थात् प्रकृति र पुरुषलाई एक मान्दछ । यसको प्रतीमात्मक रुप षट्कोण हो भने उध्र्वत्रिकोण शिव र अधोत्रिकोण शक्तिको प्रतिक मानिन्छ । कौल शब्द नै कुल शब्दबाट बनेको हो जसको अर्थ कुण्डलिनी शक्ति हो जुन योगतान्त्रिक साधनाको आधार हो ।

कुण्डलिनी शक्तिलाई आदिशक्ति मानिएको छ । जुन प्रकारले मेशिनमा क्वाइल्स हुन्छन्, जसको माध्यमबाट विद्युतधाराहरू गुज्रन्छन र ती क्वाइल्सहरू सुनिश्चित क्षेत्रमा सुनिश्चित कार्य गर्दछन । त्यसै प्रकारले हाम्रो शरीरमा मेरुदण्डको माध्यबाट गएको सुषुम्नानाडीमा जुन क्वाइल्स अर्थात कुण्डल छन्, त्यसमा प्रवाहित भएको जीवन शक्तिलाई नै कुण्डलिनी शक्ति (Serpent Power) भनिन्छ ।

कुण्डलिनी शक्ति मातृगर्भमा रहँदा जागृत हुन्छ । वालाअवस्थामा निन्द्रित रहन्छ । मानिसको जाग्रत अवस्थामा भने यो शक्ति सुषुप्त हुन्छ । स्वप्न अवस्था, सुषुप्ति अवस्थामा तन्द्रित रहन्छ । जाग्रत कुण्डलिनी शक्ति सुषुप्ना मार्गबाट षट्चक्रलाई भेदन गरेर शिवसँग गएर मिल्दछ । आदी जगद्गुरु शंकराचार्यले आन्नद लहरीमा यसको वर्णन गर्नुभएको छ ।

उक्त वर्णनमा कुण्डलिनी शक्ति मूलाधार चक्रबाट उठेर मणिपुर चक्र हुँदै ह्दयाकाश र भ्रूमध्य (आज्ञाचक्र) लाई पार गरेर सहस्रारमा आफ्ना पति शिवसँग विहार गर्दछन । शक्ति ईडा र पिङलाको बीच सुषुम्ना नाडी हुँदै मूलाधारबाट सहस्रारतर्फ गमन गर्दछ । मूलाधारलाई शक्तिको केन्द्र तथा सहस्रारलाई शिवको स्थान मानिन्छ । यी दुवै ऋणात्मक र धनात्मक ध्रुव हुन ।

गुह्यदेशबाट दुई अंगुल मास्तिर र लिमूलभन्दा दुई अंगुल तल मूलाधार पद्म विद्यमान छ । त्यसैको वीचमा पूर्वोक्त ब्रह्मनाडीको मुखमा स्वयम्भू लिङ्ग विद्यमान छ । त्यसको गात्रमा दक्षिणवर्तले साढे तीन फन्को लगाएर कुण्डलिनी शक्ति सुतिरहेको हुन्छ ।
गुह्य र लिङ्गको बीचमा पछिल्तिर मुख फर्काएर रहेको योनिमण्डल छ । यसै योनिमण्डललाई कन्द पनि भन्छन् । योनिमण्डलको बीचमा कुण्डलिनी शक्तिले सबै नाडीहरूलाई बेरेर साढे तीन फन्को मारी सर्परुपको आफ्नो मुखमा हालेर सुषुम्णा विवरलाई छेकेर अवस्थान गरिरहेछ ।
तन्त्रग्रन्थमा पनि कुण्डलिनी शक्ति स्वयम्भूलिङ्गमा साढे तीन कुण्डल मारेर सुतिरहेको छ भन्ने वर्णन पाइन्छ । यो कुण्डलिनी नै नित्यानन्द स्वरुप परमा प्रकृति हो । यसका दुई मुख छन् एवं यो बिजुलीसमान अति सूक्ष्म छ, जो देख्दा आधा ओंकार (उ) को प्रतिकृति जस्तो लाग्छ । मर — अमर असुरादि सबै प्राणीहरूको शरिरमा कुण्डलिनी विराजमान छ ।

मूलाधार चक्रमा यसै कुण्डलिनीको बीचमा चिच्छक्ति विराजमान छ । यसको गति अति दुर्लक्ष्य छ । यो कुण्डलिनी शक्ति प्रचण्डस्वर्णवर्णा, तेजस्वरुपा, दीप्तिमती र सत्त्व, रज र तम यी तीनै गुणहरूको प्रसुति ब्रह्मशक्ति हो । यो कुण्डलिनी शक्ति नै इच्छा, क्रिया र ज्ञान यी तीन नाममा विभक्त भएर समस्त शरीरका चक्रहरूमा भ्रमण गर्छ । यो शक्ति नै हाम्रो जीवनशक्ति हो । यस शक्तिलाई आफ्नो वशमा ल्याउनु नै योगसाधनाको उद्देश्य हो ।

कुण्डलिनी शक्तिलाई कुल कुण्डलिनी, भुजंगिनी, सर्पिणी, प्रचण्डशक्ति, मूलाधार निवासिनी, वलयाकार सर्पिणी, विद्युत, अग्निमय, मुक्तशक्ति, महादेवी, सप्तचक्रभेदनी, विश्वशक्ति, विद्युत प्रवाहरूपिणी, सर्वसौन्दर्यशालिनी, सर्वसुखदायिनी, कुण्डले, अपराजिता, विषतंतुस्वरुपा, मूलविद्या, कुटिलरुपिणी, नवशक्ति समन्विता, शक्तिचालिता, अधोमुख सर्पिणी, कुण्डलिनी आदी नामहरूबाट पुकारिन्छ । तन्त्रमा यसलाई वागेश्वरी भनिएको छ । बिभिन्न भाषामा यसलाई बिभिन्न नामले पुकारिरहेको पाइन्छ ।

चिनियाँ भाषामा इसे ची जापानीमा इसे की इसाईहरू ज्यथि कउष्चष्त तथा हिन्दुहरू यसै शक्तिलाई जगज्जननी मान्दछन । क्रिया भेदको दृष्टिबाट कुण्डलिनी शक्ति निम्न चार प्रकारबाट प्रकट हुन्छ ।

१. क्रियावती २. वर्णमयी ३. कलात्मा ४. वेधमयी
कुण्डलिनी प्रसुप्त अवस्थामा रहिरहन्छ । यसको शरीरसम्बन्धी कुनै काम बाह्य दृष्टिद्धारा प्रतीत हुँदैन । यसैकारण पाश्चात्य शरीरशास्त्रका विद्धान (Physiologist) ले पनि अहिलेसम्म यो कुरा पत्ता लाउन सकेका छैनन, तर प्राचिन यूनान, रोम आदि देशका तत्त्ववेत्ता यस कुरामा परिचित थिए । अफलातुन (Plato) तथा पिथागोरस (Pythagorus) जस्ता आत्मदर्शी विद्धानहरूका लेखहरूमा यसको यस प्रकारको संकेत पाइन्छ । नाभिको नजिकै एक यस्तो अद्भूत शक्ति विद्यमान छ । जसले मस्तिष्कको प्रभुता अर्थात प्रकाशलाई उज्जल गरिदिन्छ र जसद्धारा मनुष्यभित्र दिब्य शक्तिहरू प्रकट हुन्छन ।

कुण्डलिनी शक्ति नै जीवात्माको प्राणस्वरुप हो । कुण्डलिनी शक्ति ब्रह्मद्धारलाई छेकेर सुखपूर्वक सुतेको छ । त्यसैले जीवात्मा षड्रिपु र इन्द्रिगणद्धारा चालित भएर अहम्भावापन्न भएको छ एवं अज्ञानको मायाद्धारा आच्छन्न भएर सुख दुःखादिको भ्रान्तिज्ञानद्धारा कर्मफलको भोग गरिरहेछ । कुण्डलिनी शक्तिलाई ब्यँुझाउन नसकेमा शत शत शास्त्र पढे पनि वास्तविक ज्ञानले सम्पन्न हुन सक्दैन । किनकी यो शक्ति नजाग्दा अर्थात प्रकृति र पुरुष (शिव र शक्ति) को संयोग हुन पाएन भने जन्म र मृत्युको चक्र चलिरहन्छ । जब यसको योग हुन्छ तब अमरत्व वा मोक्षको प्राप्ति हुन्छ र वेदले यसैलाई स्वीकार गर्दै भनेको छ यसलाई जानेर नै मृत्युलाई पार गर्न सकिन्छ, यस बाहेक अन्य कुनै उपाय छैन ।
मूलाधारस्थित कुण्डलिनी शक्ति जबसम्म बिउँझदैन तबसम्म मन्त्रजप र यन्त्रदिद्धारा पूजार्चना गरेको निष्फल हुन्छ । यदि पुण्यको प्रभावद्धारा यी शक्तिदेवी बिउँझिन् भने मन्त्र—जपादिका सबै फल सिद्ध हुन सक्छन् ।
योगको अनुष्ठानद्धारा कुण्डलिनीको चैतन्य सम्पादन गर्नु नै मानव जीवनको पूर्णत्व हो । भक्तिपूर्ण चित्तद्धारा प्रतिदिन कुण्डलिनी शक्तिको ध्यान पाठ गरेपछि साधकमा यस शक्तिको सम्बन्धमा ज्ञान उत्पन्न हुन्छ र यो शक्ति बिस्तारै—बिस्तारै जाग्रत हुन्छ ।
कुण्डलिनी शक्तिमाथिको सफल वैज्ञानिक परीक्षण

१९३२ जनवरी १९ तारिखका दिन कलकत्ता विश्वविद्यालयको हलमा सर सिबी रमणको अध्यक्षतामा साइन्स फ्याकल्टीका डिन डा. भट्टाचार्य, केमिस्ट्रि विभागका प्रमुख डा. सरकार, विज्ञानिक डा. निमोनि, अतिरिक्त अक्स्फोर्ड विश्वविद्यालय इड.्ल्याण्ड, पेरिस विश्वविद्यालय, न्यूर्योक विश्वविद्यालय, मद्रास विश्वविद्यालय, कलकत्ता विश्वविद्यालयका विज्ञान विभागका डिन प्रोफेसरहरूको उपस्थितिमा भारतका प्रख्यात स्वामी नरसिंह महायोगीले कुण्डलिनी जागरण भएपछि शरिरलाई आफ्नो वशमा गर्न सकिने र उक्त शरीरमा आफ्नो इच्छाबेगर कुनै पनि कुराको घातक प्रभाव नपर्ने कुराको पुष्टिका लागि वैज्ञानीक परीक्षण गर्न दिनुभएको थियो । कुण्डलिनी जागरणबाट प्राप्त प्रबल इच्छाशक्तिबाट शरीरमा कुनै प्रदार्थको पनि प्रभाव पर्न सक्दैन चाहे त्यो पोटासियम साइनाइड नै किन नहोस् भन्ने कुरा त्यस वैज्ञानीक परीक्षणबाट प्रमाणित भएको थियो ।
परीक्षणका लागि सबैभन्दा पहिले स्वामीको स्वास्थ्य जाँच गरियो । उहाँको स्वास्थ्यलाई सामान्य घाेिषत गरिएपछि उहाँलाई इच्छापत्रमा सही गर्न लगाइयो जसमा स्वामी स्वयंले स्वच्छाले वैज्ञानीक परीक्षण गर्न दिएको र यस परीक्षणमा स्वामीको मृत्यु भएमा आयोजक समितिलाई कुनै दोष लाग्ने छैन । त्यसपछि प्रयोगमा उपयोग गरिने सामग्रीहरूको शुद्धता पनि जाँच गरियो । सबैभन्दा पहिले स्वामीको हात पाखुरामा तीब्र तेजाब खन्याइयो । स्वामीजीले त तेजाबलाई चाट्न पो थाल्नुभयो ।

त्यो देखेर सारा दर्शक तथा वैज्ञानीकहरू स्तम्भित भए । त्यसपछि उहाँलाई कार्बोलिक एसिड नामक विष चाट्न दिइयो । त्यसले पनि उहाँलाई केहि दुष्प्रभाव नपारेपछि उहाँलाई अझै कडा खालका अर्को विष खान दिइयो । यी विषबाट पनि उहाँलाई कुनै दुष्प्रभाव नपारेपछि उहाँलाई संसारकै सबभन्दा कडा विष पोटासियम साइनाइड खान दिइयो । यसलाई स्वामीले जय माँ काली को जयकारसँगै पिउनुभयो । यो देखेर सारा उपस्थित महानुभावहरू मूर्तिवत भए । त्यस विषले पनि केहि गर्न नसकेपछि दर्शकदीर्घाको माझबाट कर्तलध्वनिका साथ तालीको गड्गडाहट गुन्जियो । यसरी कुण्डलिनी शक्ति जागृत भइसकेको अवस्थामा शरीर स्वच्छाले चलायमान गर्न सकिने कुरा उक्त वैज्ञानीक परीक्षणबाट संसार सामु प्रमाणित भयो ।
कुण्डलिनी जागरण गर्ने उपाय

विशेष गरेर कुण्डलिनी शक्ति शरीर शुद्ध एवं सुक्ष्म भएपछि सात्त्विक बिचार, शुद्ध अन्तःकरण, ईश्वरप्रति साँचो भक्ति तथा परिपक्व वैराग्यको अवस्थामा एकाग्रता अर्थात् निश्चल ध्यानद्धारा जाग्रत हुन्छ । अकस्मात् कुनै मनुष्यमा अलौकिक शक्ति, अद्भुत चमत्कार तथा असाधारण ज्ञानको विकास दृष्टिगोचर हुन्छ भने यो बुझ्नु पर्छ पूर्वजन्मको कुनै सात्त्विक संस्कारको उदय हुनाले वा ह्दयमाथि सात्त्विक प्रभाव पार्ने अन्य कुनै घटनाद्धारा कुण्डलिनी शक्ति जाग्रत भएर सुषुम्नाको मुखमा पसेको छ । कुण्डलिनी जाग्रत पार्ने उपायमध्ये सिद्ध सद्गुरुको कृपालाई यहाँ उल्लेख गरिन्छ ।

सिद्धयोगी नै प्रधान हो, तर यो ब्यावसायिक युगमा सिद्ध गुरु पाउनु अत्यन्त दुर्लभ छ । वाग्जाल (अरुलाई धोका दिने घुमाउरो कथन) धेरै पाइन्छन, तर तथ्य कम पाइन्छ । तैपनि कुनै पूर्वसंचित पुण्यराशीको फलस्वरुप कुनै सिद्ध गुरु प्राप्त हुनुभयो भने अनायास नै कार्यसिद्धि हुन्छ । योगशिखोपनिपत्मा भगवान् शिव ब्रह्मालाई भन्नुहुन्छ ।
(जन्म जन्मान्तरको) पश्चात् पुण्यको प्रभावद्धारा सिद्धको सड.्गत प्राप्त हुन्छ तब सिद्धको कृपाले योगी होइन्छ, अन्यथा होइदैन । सिद्ध महात्माको कृपा (जुन दृष्टि, स्पर्श अथवा मन्त्र चैतन्यद्धारा हुन्छ) शक्तिपात वा महादीक्षा भन्दछन ।

मोक्षप्राप्ति गर्ने मार्ग : अनेक प्रकारका अन्य मार्गहरूभन्दा दुष्प्राप्य छ । हे ब्रह्माजी । यो सिद्ध मार्गद्धारा प्राप्त हुन्छ, अरुबाट हुँदैन । शक्तिपातद्धारा गुरु शिष्यको कुण्डलिनी शक्तिलाई जाग्रत पार्नुहुन्छ । गुदा र उपस्थको बीचमा योनिस्थान छ, जसलाई शिखिस्थान पनि भन्दछन् । योनीस्थानको माथि मेरुदण्डसँगै एउटा अण्डकृति मांसपेशी छ । त्यसको नाभि (अर्थात केन्द्र) मा एउटा गाँठोजस्तो छ जसलाई आधुनिक शरीर विज्ञानको भाषमा न्बलनष्यिल उबच भन्दछन र संस्कृतिमा यसलाई कन्द भन्दछन ।

र संस्कृतिमा यसलाई कन्द भन्दछन । यही कन्दबाट इडा, पिङ्गला तथा सुषुम्णा नाडीहरू निस्कन्छन । इडा र पिङ्गला मेरुदण्डको बाहिर छन जसलाई वर्तमान शरीर—विज्ञान क्थmउबतजभतष्अ अयगिmmक भन्दछन । तथा तेस्रो सुषुम्ना  भित्र छ । प्राणशक्तिको प्रवाह जब सुषुम्ना हुँदै ब्रह्मरन्धमा पुग्दछ, तब समाधि लाग्दछ । सुषुम्नामा ६ ठाउँहरू यस्ता छन्, जसलाई नाडीहरूको उद्गम स्थान भन्न सकिन्छ र ती नाडीहरू बाहिर निस्केर जालो बनाउँछन ।

अंग्रेजीमा यसलाई एभिहगक भन्दछन तथा योगीहरू यसलाई चक्र अथवा पद्य भन्दछन् । गुदाको नजिक मूलाधार पृथ्वीतत्वको चक्र हो, उपस्थको नजीक स्वाधिष्ठान जलतत्वको, नाइटोको नजिक मणिपुर अग्नितत्वको, हृदयमा अनाहत वायुतत्वको, घाँटीमा विशुद्धि आकाशतत्वको तथा आँखीभौंमा आज्ञा नाम भएको मनसँगै सम्बन्ध राख्ने चक्र छ । माथि शिर  मा सहस्रार छ । प्राणशक्तिको प्रवाहको उत्थान भएपछि उक्त शक्ति छवटै चक्रलाई छेड्दै सहस्रारमा चढ्छ ।

त्यसपछि माँचै तत्वहरूसँग सम्बन्ध राख्ने गन्ध, रस, रुप, स्पर्श तथा शब्दात्मक इन्द्रियहरू मनलाई साथमा लिएर बुद्धिसहित आ(आफ्नो कारणमा लीन हुन्छन र समाधि लाग्दछ । यो निर्बीज(समाधिमा विषयोपहित चैतन्यको साक्षात्कार तथा अन्तःसमाधिमा विषयविनिर्मुक्त चेतनाको साक्षात्कार हुन्छ । अनि मनका सङ्कल्प—विकल्प निर्मूल हुन्छन । वासनानाश हुन्छ तथा आत्मस्थितिको कारणले गर्दा परम सन्तोष एवं शान्तिको उदय हुन्छ र आत्मनन्दको प्रकाश हुन्छ । संसारका सम्पूर्ण सुख, दुःखमय द्धन्द्धजालहरू नष्ट हुन्छन । त्यो ज्ञानी कर्म गर्दागर्दै पनि जीवन्मुक्त भनिन्छ ।

उसमाथि कमलको पातमा जस्तै संसार—सागरको जलको स्पर्श हुँदैन । कनदमा प्राणशक्ति सुप्त ९एयतभलतष्ब०ि रहन्छ । जबसम्म यो सुप्तावस्थामा रहन्छ, तबसम्म मन तथा बुद्धिसहित इन्द्रियहरू बहिर्मुख रहन्छन तथा यो प्राणशक्ति जागेपछि अन्तर्मुख हुन थाल्दछन । यस शक्तिलाई कुण्डलिनी शक्रि भन्दछन, यो एउटा चेतन शक्ति हो र यो एउटै भए तापनि सबै जीवहरूमा व्याप्त छ । भनिएको पनि छ
— या देवी सर्वभूतेषु चितिरुपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
अर्थात जो देवी सबै जीवहरूमा चितिरुपले स्थित हुनुहुन्छ, उहाँलाई नमस्कार छ, नमस्कार छ, बारम्बार नमस्कार छ ।
कुण्डलिनी जाग्रत् भएपछि प्राणशक्तिले स्वतः काम गर्न थाल्छ । यो शक्ति नाडीहरू जस्तै प्रवाहहित हुने गर्दछ, तर यसमा फरक केवल यति मात्र छ ( यो विद्युतजस्तो निर्जीव छैन, अपितु यो सबै कुरा जान्दछ, बुझ्दछ । अतः फुस्फुसमा आउने—जाने वायु मात्रलाई प्राण ठान्नु भूल हो । योगसाधकहरू प्राणशक्तिको प्रवाह छिट्टै बुझ्न थाल्दछन, किनकी यो अनुभवको कुरा हो । प्राण अति सूक्ष्म शक्ति हो, यसको अनुभव स्थूल सूक्ष्म तथा कारण यी तीनै प्रकारका शरीरहरूमा हुन्छ ।

यही शक्ति स्थूल शरीरलाई सूक्ष्म शरीरसँग तथा सूक्ष्म शरीरलाई कारण शरीरसँग जोड्दछ, यसैले प्राण वशमा हुदाँ मन, बुद्धि तथा इन्द्रियहरू सबै वशमा हुन्छन । स्थूल शरीरलाई अन्नमय कोष, प्राणहरूको गतिको स्थान भएको हुनाले नाडीहरूमा प्रवाहित शक्तिलाई प्राणमय कोष, मनसँग सम्बन्ध राख्ने कोषलाई मनोमय कोष, बुद्धिको कोषलाई विज्ञानमय कोष, र त्यसपछि सुषुप्ति अवस्था तथा कारण शरीरलाई आनन्दमय कोष भन्दछन ।

प्राणशक्तिको काम पाँच कोषहरूलाई परस्परमा जोड्नु हो । जसरी प्राणशक्तिले स्थूल शरीर अर्थात् अन्नमय कोषलाई क्रियाशील तथा ज्ञानशील पार्दछ, त्यसै प्रकार मनमा सङ्कल्प—विकल्प एवं इच्छाका तरङ्गहरू उत्पन्न गर्दछ र बुद्धिलाई प्रेरित गर्दछ । बुद्धिको आवरणमाथि जुन संस्कारहरू अङ्कित भइरहन्छन ।

तिनीहरूद्धारा यस जन्ममा स्मृति तथा भावी जन्मको लागि कारण—शरीर बन्दछ, अर्थात यस जन्मको कारण—शरीरमा विगत जन्महरूका संस्कारहरूको काष छ र उक्त संस्कार पनि प्राणशक्तिको अधिनमा सञ्चित रहन्छ । अतः समाधिको समयमा प्राण वशमा हुनाले शरीरमा समेत संस्कारहरूको सञ्चय क्षीण भएर ऋतुम्भरा प्रज्ञा प्रकाशित हुन्छ । यसप्रकार कुण्डलिनी—शक्ति जागेर स्थूल, सूक्ष्म एवं कारण—यी तीनै शरीरहरूलाई बिस्तारै—बिस्तारै खुकुलो पारेर मूजबाट गुभोलाई जस्तै आत्मालाई अलग्ग पारिदिन्छ ।
तं स्वच्छरीरात् प्रवहरेन्मुञ्जा दिवेषीकां धैर्येण । तं विद्यात्छुक्रममृतं तं विद्यात्छुक्रमममृतमिति ।।
अर्थात त्यस आत्मालाई आफ्नो शरीरबाट धैर्यसाथ अलग्ग पार, जसरी मूजबाट गुभो अलग्ग पारिन्छ , त्यसलाई अविनाशी अमर आत्मा भन्ने जान । जय गुरुदेव ।।

चतुर्थ प्राणायाम

राजयोगको सबैभन्दा बढी महत्वपूर्ण र समाधिसिद्धिमा अत्यन्त उपयोगी प्राणायाम हो यो । योगसूत्रमा बाह्याभ्यन्तरविषयाक्षेपी चतुर्थः भनिएको छ । यसको अर्थ हो — बाहिरी र भित्रका विषयहरूलाई फ्याँक्ने अर्थात आलोचना गर्ने चतुर्थ प्राणायाम हो । यसका विधिहरू राजयोगका उत्तम अधिकारीहरूका लागि हुन तथा अत्यन्तै गोप्यउ र श्रीगुरुद्धारा जानिन योग्य छन ।
विधिहरू :

क) केवल रोचकद्धारा जतिसम्म सकिन्छ त्यतिसम्म सास बाहिर पठाउने । त्यसबाट नरोकीकन पूरकद्धारा जति सकिन्छ त्यतिसम सास भित्र तान्ने । यो एउटा प्राणायाम भयो । यसै प्रकार ११, १५ अथवा २० को संख्यामा कुम्भक नगरिकन केवल रेचक पूरक धेरै बेरसम्म गरिरहनाले सास स्वयं दीर्घ एवं सूक्ष्म भएर श्वास—प्रश्वास दुवैका गतिहरूको स्वयं नै अभाव हुन जान्छ ।
ख) नाकका देवै प्वालहरूबाट यस भावनाको साथ पूरक गर्ने — सास उपस्थ—इन्द्रियहरूको प्वालद्धारा शरीरभित्र प्रवेश गरेर आँखीभौंको जोर्नीसम्म पुगिरहेको छ । तथा त्यहाँ केही बेरसम्म कुम्भक गरेपछि नाकका दुवै प्वालहरूबाट बिस्तारै(विस्तारै रेचक गर्ने । यस क्रियाको अभ्यास केही कालसम्म गरेपछि सास स्वयं नै सुषुम्नामा प्रवेश गर्न थाल्दछ तथा प्राणनिरोध हुनेछ ।

ग) नाकको टुप्पो, आँखीभौंको जोर्नी, ब्रह्मरन्ध अवथा अरु कुनै चक्रमाथि यस भावनाले ओम्को मानसिक जप गर्ने— ओद्धारा त्यस प्रदेशमा सास भित्र प्रवेश गरिरहेको छ र अम्द्धारा बाहिर निस्किरहेको छ । यसप्रकार यस विशेष स्थानलाई श्वास—प्रश्वासको केन्द्र बनाउँदै जपको निरन्तर अभ्यासद्धारा श्वास—प्रश्वासको गति दीर्घ एवं सूक्ष्म हुँदै स्वयं निरुद्ध हुन जान्छ । अथवा ब्रह्मरन्धको ध्यान गर्दै श्वास—प्रश्वासको गतिमा यस्तो भावना गर्ने — ओद्धारा सास मेरुदण्डको भित्र सुषुम्ना नाडी हुँदै मूलाधारसम्म पुगिरहेको छ र अम्को साथमा त्यहाँबाट ब्रह्मरन्धमा फर्किरहेको छ ।
घ) आँखीभौंको जोर्नीदेखि मूलाधारसम्म कान्छी औंलाजत्रो मोटो एउटा अत्यन्त सोझो तथा नीलो रङ्गको ट्यूबलाइटको कल्पना गर्ने — अनि श्वास(प्रश्वासको गतिमा यस्तो भावना गर्ने — ओद्धारा त्यो ट्यूबलाइटभित्र एउटा अर्के अति उज्ज्वल कान्छी औंलाको पर्वको आकारको ज्योति श्वाससँगसँगै मूलाधारसम्म तलतिर गइरहेको छ तथा अम्को साथमा प्रश्वाससँगसँगै फर्केर आाखीभौंको जोर्नीसम्म आइरहेको छ ।
ङ) मूलाधार, आज्ञाचक्र अथवा ब्रह्मरन्ध आदि कुनै चक्र अथवा नाकको टुप्पो आदि कुनै स्थानविशेषलाई रेचक—पूरकबिना श्वास—प्रश्वासको गतिको केन्द्र बनाउँदै अर्थात ओद्धारा त्यही विशेष स्थानसम्म श्वास आइरहेको छ र अम्द्धारा प्रश्वासको रुपमा त्यहाँबाट फर्किरहेको छ भन्ने भावना गर्दै ओम. अथवा सो अहम् आदि अथवा अन्य कुनै पनि इष्टमन्त्रलाई आधा—आधा बाँडेर जप गर्ने । यसको निरन्तर अभ्यासद्धारा श्वास—प्रश्वासको गतिको निरोध हुन्छ । यो विधि सबैभन्दा उत्तम विधि हो । चक्रभेदनमा यस विधिद्धारा शीघ्र सफलता प्राप्त हुन्छ । यदि उपयुक्त विधिले जप गर्नमा कुनै कठिनाई प्रतीत हुन्छ भने त्यस विशेष स्थानमाथि ॐ को केवल मानसिक जप गर्ने, अथवा ओम् शब्द सुनिरहेका छौं । मुख्य कुरा यही हो — त्यस विशेष ध्येय स्थानमाथि मन स्थिर रहोस ।
– स्रोत: असल मासिक

Comments

comments

सम्बन्धित शिर्षकहरु