आणविक हतियारमा रुस र चीन अघि ,अमेरिकालाई धेरै खतरा

काठमाडौं । अमेरिकाको प्रतिरक्षात्मक विभागले आणविक हतियार सम्बन्धि गरेको समीक्षामा प्रतिस्पर्धी मुलुक रुस र चीन अमेरिका भन्दा धेरै अघि रहेको देखिएको बताएको छ । यसकारण भविष्यमा रुस र चीनबाट अमेरिकालाई धेरै खतरा हुन सक्ने बताउँदै ट्रम्प प्रशासनले शुक्रबार नयाँ योजना सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।

चीन र रुसले आणविक क्षमतालाई लगातार विकास गरिरहँदा अमेरिका भने यसमा पछि परिरहेकाले सुरक्षा नीतिलाई ध्यानमा राख्दै सो निर्णय लिइएको ट्रम्प प्रशासनको भनाइ छ । यसैकारण अब अमेरिकाले सजिलै प्रयोग गर्न मिल्ने साना तर अत्याधिक शक्तिशाली हतियारहरु वृद्धि गराउने बताएको छ । नयाँ नीति अन्र्तगत युद्ध नगराएपनि थोरै क्षेत्रमा भने गम्भीर क्षति पुर्याउन सक्ने क्षमता बोकेको हतियारको निर्माणमा अमेरिकाले जोड दिने बताइएको छ । समान क्षमता भए मात्र विश्वमा शान्ति कायम रहने बताउँदै सबै ठूला देशबीच सन्तुलन बनाइराख्न यस्तो फैसला गरिएको अमेरिकी प्रशासनको भनाइ छ ।

तर उता रुसका विदेश मन्त्रीले भने अमेरिकाको सो निर्णय निराशाजनक भएको प्रतिक्रिया दिएका छन् । अमेरिकाले सो निर्णय सार्वजनिक गरेको २४ घण्टा नबित्दै उनले यसबारे आपत्तिजनक बयान दिएका हुन् । अमेरिकी हतियारहरु अत्यन्तै ठूला भएकाले अहिलेको समयमा प्रभावकारी नुहने हुँदा रुस र चीनले यसलाई कमजोरीका रुपमा लिनसक्नेप्रीत ट्रम्प प्रशासनले गम्भीर चिन्ता व्यक्त गरेको थियो ।

यसकारण भविष्यमा आउन सक्ने कुनैपनि खतराबाट अमेरिकालाई सुरक्षित राख्न सो योजना तयार पारिएको बताइएको हो ।यसअघि अमेरिकाले रुसलाई आफ्नो आणविक हतियारको सङ्ख्यालाई कम गराउनमा कुनै चासो नदेखाएको आरोप लगाएको थियो जसमाथि पनि रुसी विदेशमन्त्रीले कडा आलोचना गरेका छन् ।

उता चीनले पनि यस निर्णयको विरोध गरिरहेको बताइएको छ । अमेरिकाले गलत मानसिकताका साथ यो योजना सार्वजानिक गरेको बताउँदै चीनले गम्भीर चिन्ता व्यक्त गरेको हो । चीनबाट खतरा महसुस गरेको बताइरहँदा अमेरिकाको आफ्नै नीति भने झन बढी जोखिमप्रदान रहेको चीनको भनाइ छ । रुसले पनि यस निर्णयपछि अब आफ्नो देशको सुरक्षा व्यवस्था अझ बलियो बनाउने बताएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु