नेपाल टेलिकमको सबैभन्दा बढी बिल तिर्नेको सूचीमा कुलमान, कति तिरे ?

काठमाडौं । टेलिकमले आर्थिक वर्ष ०७३/७४ मा सबैभन्दा बढी बिल तिर्ने ग्राहकको नाम सार्वजनिक गरेको छ। टेलिकको विभिन्न सेवाहरूमा सबैभन्दा बढी बिल तिर्ने १२ सेवाग्राहीलाई टेलिकमको १४ औँ वार्षिक उत्सवको अवसरमा सम्मान गरिएको हो। यस वर्ष जिएसएम पोष्टपेड व्यक्तिगततर्फ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ रहेका छन्।

उनले एक वर्षमा नेपाल टेलिकमलाई १ लाख ९७ हजार ६ सय २५ रुपैयाँको बिल भुक्तानी गरेका हुन्। जिएसएम पोष्पेड संस्थागत तर्फ सुर्य नेपाल प्रालिले विल भुक्तानी गरेको छ। सुर्य नेपालले प्रालिले यो वर्ष ९ लाख ४६ हजार १ सय ८० रुपैयाँ विल भुक्तानी गरेको छ।

जिएसएम प्रिपिएडतर्फ पत्रकार पुष्प दुलाललले सबैभन्दा बढी रकम तिरेका छन्। दुलालले ६४ हजार ४ सय ५० रुपैयाँको विल भुक्तानी गरेका छन्। सिडिएमए पोष्टपेडतर्फ नवज्योति इन्पेक्सले सबैभन्दा बढी १८ हजार ६ सय रुपैयाँ र व्यक्तिगततर्फ भीमबहादुर लावती ३७ हजार २ सय रुपैयाँ बिल भुक्तानी गरेका छन्। वाइम्याक्स सेवामा संस्थागतमा सबैभन्दा बिल भुक्तानी गर्नेमा सिने हाइड्रो प्रालि रहेको छ। उसले ८८ हजार रुपैयाँको बिल भुक्तानी गरेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु