कालिका पावरको आईपीओको लागी अावेदन खुल्यो, क–कस्ले भर्न पाउँछन् ?

काठमाडौं । कालिका पावर कम्पनीले आयोजना प्रभावित गोरखा जिल्लाका स्थानीय बासिन्दाका लागी प्रतिकित्ता १०० रुपैयाँ अंकित ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर अाजबाट निष्काशन गरेको छ ।

गोरखा जिल्लाको तत्कालीन मुच्चोक गाविस, सौरपानी, ताकुमाझ लाकुरीबोट, मसेल, श्रीनाथकोट, ताप्ले, नारेश्वर र गोरखा नगरपालिका वडा नं ४, ५ र १३, अजिरकोट गाँउपालिका वडा नं ४ र ५ तथा ६, भीमसेन गाउपालिका वडा नं १, सीरानचोक गाँउपालिका वडा नं ७ र गोरखा नगरपालिका वडा नं २, ३, ४, ५, ६ र ७ का बासिन्दाका लागि ४० प्रतिशत शेयर अर्थात् २ लाख ४० हजार कित्ता शेयर छुट्याईएको छ । त्यस्तै गोरखा जिल्लाका अन्य बासिन्दाका लागि ६० प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता शेयर छुट्याइएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आइपीओमा आगामी फागुन ६ गतेसम्म आवेदन गर्न पाइनेछ । त्यसअवधि भित्र सबै सेयर बिक्री नभएमा भने फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

६० करोड रुपैयाँ अधिकृत पूँजी रहेको कालिका पावरले पहिलो चरणमा आयोजना प्रभावित बासिन्दालाई ६ करोडको साधारण सेयर जारी पश्चात दोस्रो चरणमा सर्वसाधारण र कर्मचारीलाई गरी १२ करोडको १२ लाख कित्ता आईपीओ जारी गर्नेछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोलब आईएमई क्यापिटल लिमिटेड रहेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु