दुई नम्बर प्रदेशमा पहिलो बैठकमै हंगामा,सुरु हुनासाथ अवरुद्ध

काठमाडौं । प्रदेश दुईको प्रदेश सभा पहिलो बैठकमा राजापा सांसदहरुले हंगामा गरेका छन्। संसद बैठकस्थलमा मधेस आन्दोलनका सहीदको तस्विर माग गर्दै उनीहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन्। बैठक सुरु हुनासाथ राजपाका मनिष सुमनले मधेश आन्दोलनका सहीदको तस्विर नभएको भन्दै विरोध जनाएका थिए। सभामुख आसन अगाडि मधेस आन्दोलनका सहीद तस्वीर राख्नुपर्ने उनले माग गरेका थिए। ‘जनआन्दोलनका सहीद राखिएको ठाउँमा मधेसका सहीदहरुको फोटो राखियोस्’, उनले भने।

राजपाकै डिम्पल झाले मधेसका सहीदको तस्विर नराखेसम्म बैठक अघि नबढ्ने बताएर सांसदहरु आ—आफ्नो स्थानबाट उठेका थिए। एमाले सांसदहरुले भने संसद अवरुद्ध गर्न नपाउने बताएका थिए।

सभामुख ललन चौधरीले अर्को बैठकमा मधेस आन्दोलनका सहीदहरुको तस्विर झुन्ड्याउन रुलिङ गरेपछि बैठक सुचारु भएको थियाे। ७७ वर्षीय चौधरीले ज्येष्ठ सदस्यको हैसयितमा बैठक सञ्चालन गरेका हुन्। अर्काे बैठक माघ २९ गतेका लागि बाेलाइएकाे छ।

प्रदेश सभामा प्राप्त सिट संख्याका आधारमा अाइतबार बाेल्ने समय उपलब्ध गराइएकाे थियो। जसअनुसार संघीय समाजवादी फोरम सांसदहरूले सबैभन्दा बढी १४ मिनेट बाेल्ने समय पाएका थिए। राजपालाई १२ मिनेट, एमालेलाई १० मिनेट, काँग्रेसलाई ९ मिनेट, माओवादीलाई ६ मिनेट र संघीय समाजवादी पार्टी तथा स्वतन्त्र विधायकलाई ४ मिनेटको दरले बोल्ने समय मिलाइएकाे थियो।

Comments

comments

सम्बन्धित शिर्षकहरु