निमार्ण कार्य सकिएपछि यस्तो देखियो ‘सन्तपुर बस्ती’,२३ गते हस्तान्तरण

रौतहट । हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे‘ सुन्तली’ले तराईको रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुरमा निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीको निर्माण कार्य सकिएको छ। बस्ती माघ २३ गते हस्तान्तरण गरिने धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष समेत रहेका कट्टेलले बताए ।

रौतहटको चन्द्रपुर नगरपालिका-८ स्थित सन्तपुरमा निर्माण भएको बस्तीमा ४५ भन्दा बढी घर छन् । धुर्मुस सुन्तली फाउण्डेशनको चौथो परियोजना अन्तर्गतको बस्तीमा एक सामुदायिक भवन, मन्दिर, धारा, सार्वजनिक शौचालय, आधारभूत तहको स्कुल लगायतको संरचना पनि तयार भएको छ।

भ्यु टावरका साथै बगैंचा पनि निर्माण गरिएको छ। यो बस्तीमा अब मुसहर, दुसाध, लोहार र हजामका परिवारले आश्रय पाउने भएका छन्। असोज ४ गते शिलान्यास गरिएको बस्ती झन्डै ६ करोड लागतमा बनेको हो।

Comments

comments

सम्बन्धित शिर्षकहरु