व्यापारीलार्इ गोली हानी हत्या गर्ने अभियुक्त १ वर्षपछि पक्राउ

लहान । सिराहाका जग्गा व्यापारी मोलालु खानलाई गोली प्रहार गरी फरार भएका अभियुक्त सुनिलकुमार यादवलाई प्रहरीले करिब एक वर्षपछि हिजो साँझ पक्राउ गरेको छ । धनुषाको कमलामाई नगरपालिका– ८ सोनापारा निवासी २० वर्षीय यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरी टोलीले धनुषाको धबौलीबाट यादवलाई पक्राउ गरेको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु