७१ वर्षपछि पुनः उडान भर्दै दोस्रो विश्वयुद्धको विमान

एजेन्सी । दोस्रो विश्वयुद्धमा महत्वपूर्ण भूमिका निभाएको एउटा अमेरिकी विमान ७१ वर्षपछि पुनः उड्ने तयारी गरिरहेको छ । ‘द्याट्स अल ब्रदर्स’ को नामबाट चर्चित अमेरिकी विमान डगलस सी ४७ ले जून १९४४ मा जर्मनी नाजी सेनाको कब्जाबाट फ्रान्सको पूर्वउत्तर भागलाई मुक्ति गराउनका लागि ८ हजार अमेरिकी सेनालाई नरम्यान्डीमा उतारेको थियो ।

युद्धको अन्त्यपछि उक्त विमान एउटा निजी कम्पनीलाई बेचिएको थियो । कवाडी सामग्रीको रुपमा रहेको त्यस विमानको २०१५ मा अमेरिकी सैनिकसम्बद्ध अनुसन्धानकर्ताहरुले मर्मत् शुरु गरेका थिए । उक्त विमान मर्मतका लागि ‘अमेरिकन हिस्टोरिक रिसर्च एजेन्सी’ ले एक महिनामा करिब २५ करोड रुपयाँ संकलन गरेको थियो ।

यस विमानलाई नरम्यान्डी हमलाको ७५औं वार्षिकीको अवसरमा फ्रान्समा पुर्‍याइने बताइएको छ । उक्त विमानको पुनर्स्थापनाको अभियान चलाउने अधिकारीहरुले जहाजलाई अमेरिकी हवाईसेनाको अदम्य साहसको धरोहर भएको बताएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु