भूकम्पले भारतको उत्तरी क्षेत्र हल्लियो

नयाँ दिल्ली । भारतको उत्तरी क्षेत्रमा बुधबार दिउँसो भूकम्पको शक्तिशाली झड्का महसुस गरिएको छ । दिल्लीको साथै जम्मु-श्रीनगर, यूपीका कयौं शहरमा स्थानीय समयअनुसार दिउँसो १२ः४० मा भूकम्प महसुस गरिएको हो ।

भूकम्पको झड्का लामो समयसम्मको लागि महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् । अमेरिकन जियोलजिकल डिपार्टमेन्टका अनुसार भूकम्पको तिव्रता ६.१ को रहेको थियो । यसको केन्द्र अफगानिस्तानको हिन्दूकुश क्षेत्रमा जमिनको १९० किलोमिटर तल रहेको थियो । भारतीय सञ्चार माध्यमले भूकम्पबाट कुनै जनधनको क्षति भएको समाचार सम्प्रेषित गरेका छैनन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु