ओलीले मोदीलाई पत्र लेख्दै भने- सहकार्य गर्न आतुर छु

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफू भारत सरकारसँग काम गर्न आतुर रहेको बताएका छन् । ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र लेखी उक्त कुरा बताएका हुन् । भारतीय गणतन्त्र दिवसको अवसरमा मोदीलाई पठाइएको लिखित सन्देशमा उनले दुई देशबीचको सम्बन्ध अझै बलियो बनाउन आफू मोदी नेतृत्वको सरकारसँग काम गर्न आतुर रहेको बताएका छन् ।

ओलीले चुनाबबाट चुनिएको जनप्रतिनिधि र संघीय संसदको सबैभन्दा ठूलो दलको अध्यक्षको हैसियतमा मोदी नेतृत्वको सरकाससँग सहकार्य गर्दै दुवै देश र नागरिकको भविष्य उज्वल बनाउन आतुर रहेको उल्लेख गरिएको छ ।

भारतीय दुतावासमार्फत पठाइएको शुभकामना सन्देशमा एमाले अध्यक्ष ओलीले भारतीय संविधान कार्यान्वयनको अनुभवबाट नेपालले पनि सिकिरहेको उल्लेख गरेका छन् । उनले भर्खरै मात्र संघीय, प्रदेश र स्थानीय तहको चुनाव गरेर संविधान कार्यान्वयन अघि बढाएको स्मरण गराएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु