आजको साहित्यिक सामग्रीको रुपमा खोटाङ्ग दिक्तेलकी कोपिला घिमिरे पोखरेलका दुई ‘मुक्तक’


सोच्थें म त कर्तब्यको भुमरिमा फँसेकि छु
तिमीले आशा जगायौ र निर्धक्क भई बसेकी छु
आऊने जाने आजसम्म कति भेटें कति मैले
तर ड‍ोरि भरोसाको तिमी सितै कसेकी छु


निश्ठुरीको माया अझै लाग्दैछ कि तिमीलाई
फेरि ऊसलाई भेट्ने चाह जाग्दैछ कि तिमीलाई
घात गरेर जानेलाई मेट्छु भन्थ्यौ दिलैबाट
कि त ऊसकै मन मुटुले डाक्दैछ कि तिमीलाई

Comments

comments

सम्बन्धित शिर्षकहरु