सन् २०२० को टि–ट्वान्टी विश्वकप क्रिकेट अस्ट्रेलियामा, कुन कुन शहरमा हुदैछ खेल


एजेन्सी – सन् २०२० को टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अस्ट्रेलियामा हुने तय भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी०को दुबईमा बसेको आइसिसीको बैठक प्रतियोगिताको स्थान र मिति सार्वजनिक गरेको हो । महिला र पुरुष दुवैतर्फको प्रतियोगिता पहिलो पटक एकै वर्ष एउटै देशमा हुन लागेको छ । खेलहरु अस्ट्रेलियाका विभिन्न ८ शहरमा खेलहरु हुनेछन्। खेल हुने ८ शहरहरुमा एडिलेड, ब्रिस्बेन, क्यानवेरा, गिलङ, होवार्ट, मेलवर्न, पर्थ तथ सिड्नी रहेका छन्।

महिला र पुरुष दुवैतर्फको विश्वकप फाइनल भने अस्ट्रेलियाको सबैभन्दा बढि सिट क्षमता भएको मेलवर्न क्रिकेट ग्राउन्ड (एमसिजी)मा हुनेछ। सन् २०२० को अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ कै दिनमा महिला विश्वकपको फाइलन खेल तय गरिएको छ । दुवै फाइनलका लागि प्रवेश टिकटको मूल्य समेत समान राखिएको छ।

पुरुषतर्फको खेल भने (एससिजी) र एडिलेड ओभल मैदानमा गरि २ स्थानमा हुनेछन्। प्रतियोगिताअन्तर्गत महिलातर्फको खेल फेब्रुअरी २१ देखि मार्च ८ सम्म तथा पुरुषतर्फको खेल भने अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म चल्नेछ। महिलातर्फ विश्वका उत्कृष्ट १० देशको सहभागिता रहने प्रतियोगितामा पुरुषतर्फ भने १६ देश सामेल हुँदैछन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु