काबुल हमलामा मृत्यु हुनेको संख्या १०० पुग्यो

काठमाडाैँ । शनिबार अफगानिस्तानको काबुलमा भएको एम्बुलेन्स बम विस्फोटनमा परी मृत्यु हुनेको संख्या एक सय पुगेको छ। हिजो भएको सो आतङ्ककारी हमलामा ९५ जनाको मृत्यु भएकोमा उक्त सङ्ख्या बढेर आइतबार १०० पुगेको हो। हमलामा घाइतेको सङ्ख्या १६३ रहेको अफगानिस्तानी सरकारी अधिकारीहरुले बताएका छन् ।

काबुलको मध्यभागमा अत्यधिक भिड भएको ठाँउमा विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स विस्फोटन गराउँदा कम्तीमा १०० जनाको मृत्यु भएको हो । यस हमलालार्इ लिएर सामजिक सञ्जालहरुमा चर्को निन्दा भइरहेको छ।

घाइते भएकामध्ये केहीको अस्था गम्भीर रहेका कारण मृतकको सङ्ख्या अझै बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुले अनुमान गरेका छन् । घाइतेहरूमा अधिकांश पुरुष रहेका छन्।  हिजो भएको यस आतङ्ककारी हमलाको संयुक्त राष्ट्रसंघलगायत विश्वका विभिन्न संघ संस्था लगायतले निन्दा गरेका छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु