छोटो समयमै सन्दीपको छलाङ, यी हुन् सन्दीप आवद्ध दिल्ली डेयरडेभिल्सका खेलाडी


काठमाडौं । नेपालका युवा स्पिनर सन्दीप लामिछानेलाई इण्डियन प्रिमियर लिग (आइपीएल)को अक्सनमा दिल्ली डेयरडेवल्सले अनुबन्ध गरेको छ। सन्दीपलाई आइतबार भएको अक्सनमा दिल्ली डेयर डेभिल्सले २० लाख भारु ९३२ लाख रुपैयाँमा किनेको हो। हिजोबाट शुरु भएको अक्सनकम केही दिन अघि आईपिएलले निकालेको सुचीमा सन्दिपको पनि नाम आएको थियो । २७६ औं स्थानमा रहेका सन्दिप एसोसियट् राष्ट्रबाट अनक्याप्ड खेलाडी हुन् ।

अघिल्लो साता आइपीएलले घोषणा गरेको ५ सय ७८ जना खेलाडी अक्सनमा समावेश हुने खेलाडीहरुको सुचिमा सन्दीप पनि परेपछि उनको चर्चा चुलिएको थियो।

यस्तो छ सन्दिपको क्रिकेट करिअर
सन्दीपले सन् २०१६ मा बंगलादेशमा भएको यु–१९ विश्वकपबाट उमेर समूहको नेपाली टोलीमा डेब्यु गरेका थिए। सो पहिलो अन्तराष्ट्रिय खेलमा नै सन्दीपले आयरल्याण्डसँग ह्याट्रिक लिएका थिए भने उनको प्रदर्शनको सहयोगमा नेपाली टोलीले टेस्ट नेशन न्यूजिल्याण्डलाई पराजित गर्दै दोस्रोचरणको यात्रा तय गरेको थियो। उक्त विश्वकपमा १४ विकेट लिदै उनी दोस्रो सर्बाधिक विकेट लिने खेलाडी बनेका थिए।

सोही प्रतियोगितापछि उनको तुलना अस्ट्रेलियाका बलर शेन वार्नसँग भएको थियो। जसले अन्तराष्ट्रिय सञ्चारमाध्यममा ठूलो चर्चा बटुल्यो। नेपाली यु–१९ टोलीबाट हालसम्म २७ खेल खेलका सन्दीपले ७२ विकेट लिएका छन्।

२०१६ मा विश्व क्रिकेट लिग अन्तर्गत नामिबियासँग घरेलु मैदानमा भएको खेलमा सिनियर टोलीमा डेब्यू गरेका सन्दीप त्यसयता कहिल्यै राष्ट्रिय टोलीबाट छुटेका छैनन्। राष्ट्रिय टोलीको सदस्य तथा यु–१९ टोलीको कप्तान समेत रहिसकेका सन्दीपको प्रदर्शनबाट प्रभावित अस्ट्रेलियन पूर्वकप्तान माइकल क्लार्कले उनलाई गतवर्ष अस्ट्रेलियामा प्रशिक्षण गर्ने तथा खेल्ने वातावरण मिलाएका थिए।

आईसीसी यु्–१९ विश्वकप छनोटमा २४ विकेट
गत साउनमा सिंगापुरमा सम्पन्न आईसीसी यु–१९ विश्वकपअन्तर्गत एसिया क्षेत्रको छनोटमा सन्दिप लामिछानेले नेपालले खेलेको सबै खेलमा उत्कृष्ट बलिङ गरेका थिए । उनले ६ खेलबाट २४ विकेट लिएका थिए । सन्दिपले पहिलो खेलमा आयोजक सिंगापुर विरुद्ध ५ विकेट लिएका थिए । निकै किफायती बलिङ गरेका सन्दिपले ८ ओभरमा २ मेडन राख्दै २१ रन खर्चेर ५ विकेट लिए । उनले २।६२ को इकोनोमीमा बलिङ गरेका थिए ।

दोस्रो खेलमा पनि सन्दिपले मलेसियाका ब्याट्सम्यानलाई ध्वस्तै बनाएका थिए । उनले यो खेलमा पनि ५ विकेट लिए । ८.५ ओभर बलिङ गरेका सन्दिपले १ मेडन राख्दै १७ रनमात्र खर्चेका थिए । तेस्रो खेलमा अफगानिस्तानसँग सन्दिपले ९।२ ओभर बलिङ गर्दै २ मेडन राखेर ३० रन खर्चिदै २ विकेट लिए ।

राउण्ड रोविनको आधारमा सञ्चालन खेलमा सन्दिपले पुनः सिंगापुर विरुद्ध १० ओभर बलिङ गर्दै ४ विकेट लिन सफल भए । सन्दिपले मलेसियासँगको पाँचौं खेलमा ७ विकेट लिएका थिए । ९.१ ओभर बलिङ गरेका सन्दिपले १ मेडन राख्दै मात्र १३ रन खर्चेर ७ विकेट लिएका थिए ।

दिल्लीमा यो सिजन आबद्ध भएका खेलाडी यस्ता छनः
पृथ्वी साह, अभिषेक शर्मा, मनोज कार्ला, कोलिन मुनरो, ट्रेन्ट बाउल्ट, गौतम गाम्भिर, जासन रोए, अमित मिश्रा, साहबाज नदिम, ग्लेन म्याक्सवेल, हर्षल पटेल, राहुल टेवाइटा, जयन्त यादव, विजय शंकर, मोहमद सामी, ड्यानीयल क्रिस्टियन, गुर्किरात सिंह, कागिसो राबाडा, अभेस खान, सन्दीप लामिछाने, क्रिस मोरिस, श्रेयर इयर, रिशव पन्त आइपिएल ७ अप्रिलबाट २७ मेसम्म भारतका विभिन्न सहरमा आयोजना हुनेछ।

Comments

comments

सम्बन्धित शिर्षकहरु