लिटिल च्याम्प र टिन स्टारको ग्रान्ड फिनाले पौष १८ गते आर्मी अफिसर्स क्लबमा हुने

नेत्र पण्डित,काठमाण्डौ । बालबालिकामा रहेको प्रतिभालाई अगाडी ल्याउने र उनिहरुलाई अझ आत्मवल बढाउने उदेश्यका साथ विभिन्न ईभेन्ट तथा फेशन सो हरु सफलता पुर्वक आयोनजा गर्दै आइरहेको मनिङ्ग ग्लोरी इन्टरटेन्टमेन्टले पुःन ‘लिटिल च्याम्प’ २०१८ र ‘टिन स्टार’ २०१८ को आयोजना गर्ने भएको छ ।

हिजो शनिवार ‘लिटिल च्याम्प’ र ‘टिन स्टार’को लागी ट्यालेन्ट सो  सम्पन भएको छ । लिटिल च्याम्पमा  ६ बर्ष देखी १२ बर्ष सम्मका बालबालिकाको सम्लग्नता रहेको थियो भने टिन स्टारको लागी १३ बर्ष देखी १९ बर्ष सम्मका बालबालिकाहरु सहभागी भएका थिए । बालबालिकाहरुको उलेख्य सहभागिता र भएको अडिशनमा छुटेका र नभ्याएका बालबालिकाहरुको लागी पुःन अडिशन गरिने मनिङ्ग ग्लोरी इन्टरटेन्टमेन्टका मोहना क्षेत्रीले बताइन ।

“टीन स्टार नेपाल “ चुन्नको लागी SMS बाट भोट गर्दा १ वटा सिम वाट एकपटक मात्र नभई धेरै चोटी गर्न मिल्ने हुनाले  भोटको लागी TSN space type गरी 33001 आफुलाई मन परेको प्रतियोगीलाई भोट गर्न आयोजकले सबैलाई जानकारी दिए ।

लिटिल च्याम्प टिन स्टारको ग्रान्ड फिनाले पौष १८ गते आर्मी अफिसर्स क्लबमा आयोजना हुने छ । यस्ता तियोगिताहरुको उदेश्य बालबालिकामा रहेको प्रतिभालाई अगाडी ल्याउने र उनिहरुलाई अझ आत्मवल बढाउने मनिङ्ग ग्लोरीको विश्वास छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु