नागरिकता सम्बन्धि निती पुन:संसदमा प्रवेश गराउने अष्ट्रेलिया सरकारको तयारी,यस्तो हुनेछ नयाँ व्यवस्था

अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले नागरिकता सम्बन्धि नितीलाई कडाई गरेरै छाड्ने तयारी थालेको छ । योग्यता पुगेका विदेशी नागरिकहरुलाई प्रदान गर्दै आएको अष्ट्रेलियन नागरिकता नीतिमा कडाई गर्ने सम्बन्धि विधेयक अघिल्लो वर्ष संसदमा पुगेपनि अघि बढ्न सकेको थिएन् । सरकारले फेरि त्यहि विधेकलाई पुन: प्रवेश गराउन लागेको हो ।

केही दिनअघि विदेशी दक्ष कामदारहरुलाई प्रदान गर्दै आएको ४५७ भीषा खारेज गरेलगत्तै अष्ट्रेलिया सरकारले नागरिकता वितरण गर्ने नियममा परिवर्तन गरेको हो । नयाँ नियमअनुसार अब नागरिकता लिन चाहनेहरुले अनिवार्य रुपमा अंग्रेजीको जाँच दिनुपर्ने छ भने पीआर पाएपछि पनि कम्तीमा ४ बर्षसम्म नागरिकता लिनका लागि पर्खनुपर्नेछ । अष्ट्रेलियाली नियम, कानुन र यसका मूल्य मान्यताहरुसँग सहजरुपले घुलमिल भएपछि मात्र नागरिकता दिनका लागि भन्दै यो नियम जारी गरेको छ ।

अहिलेको नियमअनुसार योग्यता पुगेका विदेशी नागरिकहरुले स्थायी बासिन्दाको अनुमती पीआर पाएको एक बर्षपछि नै अष्ट्रेलियाको नागरिकताका लागि आवेदन दिन पाउँथे भने सामान्य अंग्रेजी बिषयको जाँच दिए पुग्थ्यो । अब भने अँग्रेजी भाषामा बोल्ने, लेख्ने, सुन्ने र पढ्ने क्षमताको कडा परिक्षण गरिनेछ ।

त्यस्तै नागरिकताका लागि जम्मा ३ पटकसम्म मात्र परिक्षा दिन पाइनेछ भने कसैले जालसाजी गरेर परिक्षामा उत्तिर्ण हुन खोजेमा स्वत अनुत्तिर्ण गराइनेछ । त्यस्तै कुनै पनि आपराधिक गतिविधिमा संलग्न नभएको व्यक्तिलेमात्र अष्ट्रेलियाको नागरिकता प्राप्त गर्न सक्नेछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु