डिभिजन टू खेल्ने नेपाली टोलीको घोषणा,को-को छन् टिममा ?


काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । फेब्रअरी ८ बाट सुरु हुने डिभिजन दुईका लागि बिहीबार घोषणा गरेको टोलीमा युवा खेलाडीद्धय रोहितकुमार पौडेल र अनिल साहले मौंका पाएका छन् ।

यू-१९ का रोहित पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । हालै काठमाडौंमा सम्पन्न एभरेष्ट प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका उनी ‘मोस्ट भ्यालुएबल प्लेयर’ बनेका थिए । अनिल पनि राष्ट्रिय टोलीमा परेको भने पहिलो पटक हो ।

उनीहरुसँग तीव्रगतिका बलर ललितसिंह भण्डारी र ओपनर दीलिपनाथले पनि टोलीमा मौका पाएका छन्। आइसिसीका प्रतिनिधी इम्यानुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्का सम्मेलित टोलीले छनोट गरेको अन्तिम १४ जनाको सुची यस्तो छ।
नेपाली टोली

पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
शक्ति गौचन
बसन्त रेग्मी
शरद भेषवाकर
सोमपाल कामी
करण केसी
आरिफ शेख
दिपेन्द्र सिंह ऐरी
सन्दिप लामिछाने
दिलिप नाथ
ललित सिंह भण्डारी
अनिल कुमार शाह
रोहित कुमार पौडेल
बैकल्पिक खेलाडी

सुनिल धमला
ललित नारायण राजबंशी
सिद्धान्त लोहनी
किशोर महतो

Comments

comments

सम्बन्धित शिर्षकहरु