नेपाल बसाईमा के-के गर्छन् सलमान खान ? यस्तो छ बसाइको कार्यतालिका

काठमाडौं – बलिउड नायक सलमान खान नेपाल आउने पक्कापक्की भएसँगै आयोजकले विज्ञापन मार्फत प्रचार सुरु गरेको छ । ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘दबंग द टुर’ नामक कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।

फागुन २६ गते राजधानीको टुँडिखेलमा हुने उक्त कार्यक्रममा उनको सहभागिता हुनेछ । कार्यक्रमका लागि सलमान खानको साथमा अन्य कलाकारहरु पनि कार्यक्रमकै लागि आउँदैछन् । प्रभु देवा, नायिका ज्याकलिन फर्नान्डेज, जरिन खान लागयतका कलाकार कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ ।

सलमानलाई १५ सयभन्दा धेरै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा सुरक्षा दिनेछन् भने ५ सय प्राइभेट सुरक्षाकर्मी परिचालन गरिनेछ । ४ सयजना स्वयंसेवकले कार्यक्रमलाई व्यवबस्थित गर्नेछन् । कार्यक्रमको टिकट ग्लोबल आईएमई बैंकबाट पाइनेछ । टिकट ३ हजार, ५ हजार र १० हजार दरका रहेको आयोजकले जनाएको छ । सञ्चारमाध्यमलाई पासको व्यवस्था गरिएको छ ।

यस्तो छ तालिका

सलमान फागुन २५ गते नेपाल आउनेछन् । जेट एयरलाइन्सको विमानबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् । उनी विमानस्थलबाट सिधै होटल सोल्टी जानेछन् । सलमानसँगै ७ जना कलाकारका साथमा ९० जनाको टोली होटल सोल्टीमा रहनेछ । सलमान तीन दिन नेपाल रहँदा कुन कुन ठाउँ घुम्नेछन्, त्यो भने बताइएको छैन । उनी तीन दिनका लागि नेपाल आउन लागेको आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ । सलमान ११ मार्चमा मुम्बई फर्किनेछन् । सलमान सन् १९९४ पछि दोस्रो पल्ट नेपाल आउन लागेका हुन् ।

सलमानसँगै कार्यक्रममा नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भाँगडा डान्सर ‘मिड बोस’ पनि आउनेछन् । कन्सर्टमा सलमान र सोनाक्षीले एकसाथ स्टेजमा प्रस्तुति दिने भएका छन् । सलमानले करिब ३ घण्टा स्टेजमा बिताउने आयोजकले जनाएको छ । कार्यक्रमको लागि दिउँसो १२ बजेबाट नै टुँडिखेलको गेट खुल्ला गरिने बताइएको छ । तर, सलमान भने साढे ६ बजे स्टेजमा देखा पर्ने छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु