मनाङ र जुम्लामा भारी हिमपात, १० जना पर्यटक सम्पर्कविहिन

काठमाडौं । मनाङमा मंगलबार देखि हिमपात भएसँगै त्यहाँको जनजीवन प्रभावित बनेको छ । मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातका कारण मनाङको जनजीवन प्रभावित बनेको हो । मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ ।

हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । मंगलबार बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मनाङ गएका १० जना बाह्य पर्यटक सम्पर्कविहीन छन् । उद्दारकालागि पनि उपयुक्त अवसर नबनेको प्रशासनले बताएको छ ।

यस्तै हिमाली जिल्ला जुम्लामा समेत हिमपात भएको छ । हिमाली जिल्ला जुम्लामा पनि मंगलबार रातीदेखि हिमपात भएको छ । डाँडापाखा र घरका छाना समेत हिउँले ढाकिएको छ । लामो समयदेखि पानी तथा हिउँ नपरेपछि बाली बिग्रिने चिन्तामा रहेका किसान हिउँ परेपछि खुशी भएका छन् । अग्लो ठाउँ भन्दा मानव बस्तीमा हिउँ कम परेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु