गोमा सिटौलाको `निर्धो सँग पनि अात्मवल हुन्छ´ गजल

निर्धोसँग पनि आत्मबल हुन्छ
तन बूढो तर मन चन्चल हुन्छ

अनुकुल र प्रतिकुल जीवन हो
जहाँ समस्या त्यहाँ हल हुन्छ

छोराको बिहेपछि भाडिन्छ घर
हातमा चुरा थपेपछी कल हुन्छ

जुत्ता चप्पल निषेध छ मन्दिरमा
ढल बगेको बाग्मती जल हुन्छ

मुल र कुल निहाल्नु राम्रो हो
बोटबिरुवा गुनाको फल हुन्छ

अम्मल रहेछ यो मायाको जाल
नदेखे नभेटेसम्म तलतल हुन्छ

गोमा सिटौला
हालः अस्ट्रेलिया

Comments

comments

सम्बन्धित शिर्षकहरु