मेस्सी र स्वारेजको चम्केपछि बार्सिलोनाद्वारा गोलको बर्षा

एजेन्सी। लिओनल मेस्सी र लुइस स्वारेजले दोहोरो गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा आइतबार राति बार्सिलोनाले रियल बेटिसलाई ५–० ले हराएको छ। लिओनल मेस्सीले २ लुइस स्वारेजले २ र राकिटिकले १ गोल गरेका थिए ।

राकिटीकले थप एक गोल गरेको बार्सिलोनाले जितसँगै अंक तालिकामा दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा ११ अंकको अग्रता कायम गरेको छ। बार्सिलोनाले दोस्रो हाफमा सबै पाँच गोल गर्यो। ५९औं मिनेटमा रिकीटिकले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। मेस्सीले ६४ औं र ८० औं र स्वारेजले  ६९ औं र ८९ औं  मिनेटमा  गोल गर्दै बार्सिलोनालाई फराकिलो जित दिलाए।

जितसँगै बार्सिलोनाले २० खेलबाट ५४ अंक बनाएको छ। दोश्रो स्थानको एथ्लेटिकोको २० खेलबाट ४३ अंक छ। भने तेस्रो स्थानको भ्यालेन्सीयाको २० खेलबाट ४० अंक छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु