आईपीएल अक्सन सूचीमा सन्दीप

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को १० औं संस्करणको अक्सन सूचीमा परेका छन् । अक्सनका लागि आवेदन दिएका १ हजार खेलाडीको सूचीबाट झन्डै ६ सयमा छोटयाउँदा सन्दीप पनि परेका हुन् ।

अक्सनको दोस्रो चरणलाई छनोटमा परेका ५ सय ७८ खेलाडीमा भारतका ३ सय ६० छन् । एसोसिएट राष्ट्रका खेलाडीमा सन्दीप र क्यानडाका विकेटकिपर हम्जा तारिक मात्र छन् । आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने आईपीएलमा एउटा टिममा ७ विदेशी खेलाडी राख्न पाउने प्रावधान छ ।

जनवरी २७ र २८ मा बेंग्लोरमा आईपीएलको अक्सन हुँदै छ । सन्दीपले एजेन्टमार्फत आफूले अक्सनमा आवेदन दिएको बताए । सन्दीप यसअघि बंगलादेश प्रिमियर लिगमा पनि ‘ड्राफ्ट’ मा परेका थिए । तर उनीमाथि भाउ लागेको थिएन । सन्दीप हाल विश्व क्रिकेट लिग डिभिजन २ को तयारीका लागि नेपाली राष्ट्रिय टोलीसँगै बन्द प्रशिक्षणमा छन् । अाजको कान्तिपुर दैनिकले खबर छापेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु