अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीले जान्नुपर्ने कुरा, कसरी पाईन्छ छात्रवृत्ति ?

अष्ट्रेलिया । अष्ट्रेलियामा पढ्ने भनेपछी आफैले सबै ट्युसन फि तिरेर पढ्नुपर्ने र त्यो व्यवस्था गर्नको लागी दिनरात खटिएर काम गर्नुपर्ने भन्ने नै मनमा आउँछ। जुन सत्य पनि हो। अष्ट्रेलियाका विभिन्न शहरमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू चाहे नेपाली हुन् या भारतीय वा चाइनिज नै किन नहुन। सबैले कलेज र युनिभर्सिटीको फि तिर्नका लागी कस्सिएर काम गर्नै पर्छ अष्ट्रेलियामा रहेका हामी सबैले भोगेको सत्य यही नै हो।

तर हामी धेरैले ध्यान नदिएको पक्ष चाही के हो भने यहाँ धेरै अन्तर्राष्ट्रिय विद्यार्थी लक्षित छात्रवृत्तिहरू पनि उपलब्ध छन् जसलाई प्रयोग गर्ने क्षमता राख्ने हो भने अष्ट्रेलियन युनिभर्सिटीको अध्ययन त्यस्तै धेरै मुस्किलको विषय पनि होईन। तर, यस्ता छात्रवृत्ति जेहेन्दार विद्यार्थीका लागि भएको कुरा चाहीँ महत्वको हो। यसको मतलब हो ‘मेरिट’मा राम्रो विद्यार्थीले मात्र यस्ता छात्रवृत्ति पाउने संभावना रहन्छ।

यस्ता छात्रवृत्तिका लागी विभिन्न योग्यताका मापदण्ड तोकिएका हुन्छन्, त्यो पुरा गर्नेले मात्र पाउँछन्। यस्ता छात्रवृत्तिले विद्यार्थीको ‘ट्युसन फि’ देखि शैक्षिक सामग्री जस्तै किताब, ल्यापटप लगायतको खर्च समेत धान्दछन्।

विश्वविद्यालयहरूले दिने छात्रवृत्ति

अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयहरूले क्षमतावान विद्यार्थीको अध्ययनमा सहयोग गर्ने हिसाबमा छात्रवृत्तिको व्यवस्था गरेका हुन्छन्। यस्ता विश्वविद्यालयहरूले प्रदान गर्ने छात्रवृत्तिहरू पाउनका लागि परिक्षा तथा प्रयोगात्मक कार्य (प्रोजेक्ट)मा राम्रो क्षमता प्रदर्शन गरेको हुनुपर्छ। यसखालका छात्रवृत्तिका लागि विभिन्न विश्वविद्यालयका फरक फरक सर्त, मापदण्ड तथा छनौट प्रकृया हुन्छन्। केही अष्ट्रेलियाका विश्वविद्यालयले दिने छात्रवृत्ति यहाँ छन्, तपाईंले फरक फरक विश्वविद्यालयका वेबसाइटमा आफैले खोजेर पनि छात्रवृत्तिका बारेमा जानकारी लिन सक्नुहुन्छ।

Australian National University – Various options and schemes are available

Curtin University – Various options and schemes are available

La Trobe University – Up to 25% reduction in course fees

Macquarie University – Up to $10,000

Monash University – $10,000 per study year

University of Sydney – Various Available

 

अष्ट्रेलियन सरकारले दिने छात्रवृत्ति

अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय साथै सामाजिक संस्थाहरूका अलावा अष्ट्रेलियामा पढ्नको लागी सरकारले पनि विदेशी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दछ। कतिपय छात्रवृत्तिले त अष्ट्रेलिया आउने जाने, बस्ने, खाने साथै पढाईका लागि आवश्यक सबै सामग्री किन्न समेत सहयोग गर्दछ।

अष्ट्रेलिया सरकारले दिने छात्रवृत्ति मध्येको एक अष्ट्रेलिया अवार्डस् ले अष्ट्रेलिया आउने जाने, बस्ने, खाने, बिमा लगायतका सबै खर्च नै धानिदिन्छ। यस्ता छात्रवृत्ति पाउने विद्यार्थीलेहरू अष्ट्रेलियामा नै पीआर लिएर बस्न पाउने संभावना भने कम हुन्छ, यसबारे विस्तृत विवरण छात्रवृत्तिको सर्तहरूमा उल्लेख भएको हुन्छ।

 

यी केही छात्रवृत्ति भए, यस्ता विभिन्न छात्रवृत्तिहरू अष्ट्रेलिया र अन्य मुलुकका समाजकल्याणकारी संस्था र अन्तरसरकारी संस्थाहरूले अष्ट्रेलिया तथा अमेरिका लगायत युरोपका देशहरूमा अध्ययनका लागि उपलब्ध गराउँछन्। इन्टरनेटमा आधारित रहेर सानो अनुसन्धान गर्नुभयो भने तपाईंले विदेशमा पढ्नका लागि राम्रो छात्रवृत्ति पाउन सक्नुहुन्छ।

सम्बन्धित शिर्षकहरु