सिड्नीबाट क्वालालाम्पुर उडेको विमान आकस्मिक अवतरण,यसरी बच्यो सबैको ज्यान

सिड्नी । अष्ट्रेलियाको सिड्नीबाट मलेसियाको क्वालालाम्पुर ३०० जना भन्दा बढि मानिस लिएर उडेको मलेसियन एअरलाइन्स आकस्मिक अवतरण गरिएको छ । नेपाली यात्रुसहित रहेको विमान अष्ट्रेलियाको सिमाना कट्ने बेलामा एकाएक समस्या देखिएपछि अष्ट्रेलियाकै एलिस स्प्रिङमा आकस्मिक अवतरण गरिएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

सोही विमानमा यात्रा गरिरहेका नेपाली संजिव पाण्डे र केशब सापकोटाको अनुसार विमान सिमा नजिक पुगेपछि ठूला आवाजमा कराउन थाल्यो, विमान एकएक हल्निन थालेपछि सबै यात्री आत्तिए र विमान परिचारिकाहरू समेत निन्याउरो अनुहार लगाएर दौडादौड गर्नथाले।

जहाज पाइलटले करीब १५ मिनेटपछि मात्र जहाजमा समस्या आएको र इमर्जेन्सी ल्याण्डिङको लागि एलिस स्प्रिङ्गसतिर फर्काउने घोषणा गरेर सबैलाई सकुसल अवतरण गराउन सफल भए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु