बहुप्रतिभाकी धनी धादिङकी चेलीको साहित्यिक यात्रा

काठमाण्डौ । गजल र मुक्तक विधामा कलम चलाउँदै आएकी धादिङकी सर्जक अदिती अर्याल ज्ञवाली आजभोलि अन्य कामहरूलाई थाती राखेर साहित्य क्षेत्रमा रमाईरहेकी छिन्। गजल र मुक्तकको अलवा आजकाल गीत, कविता, हाईकु र शेन्यु पनि लेख्दै आएकी छिन्।

पारिवारिक माहोल साहित्यिक नभएतापनि उनलेे बाँकी जीवन साहित्य क्षेत्रमै बिताउने सोच बनाएको कुरा असनेपाल न्युजलाई बताइन्। केही समयको अन्तरालपछि गजल सङ्ग्रह र मुक्तक सङ्ग्रह निकाल्ने सोचमा रहेकी उनको साहित्यिक यात्रा सफल रहोस्, हाम्रो पनि शुभकामना।

गजल –

मैले सोचे भन्दा फरक तिम्रो मन भयो भने।
लथालिङ्ग सपना अनि मेरो जीवन भयो भने।

तिम्रै जित होस् भनेर म सक्छु छोडिदिन पनिस
बिचमा कुरा नमिलेर भनाभन भयो भने।

हजार चोट सहेकै हो तिम्रो खुशी हेर्न आखिरस
किन्छु तिम्रो माया यदि म सँग धन भयो भने।

फूलको जवाफ पत्थरले दिनेलाई के थाहा हुनुस
अर्काको मन कति दुख्छ तुच्छ वचन भयो भने।

बनावटी हाँसो छर्दै झुक्याइदिन्छु यो दुनियाँस
कहिल्यै खुशी हुन्न ‘मुना’ अर्को मदन भयो भने।
अदिति

Comments

comments

सम्बन्धित शिर्षकहरु