पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो,ग्यासको मूल्य यथावत

काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मुल्य फेरी बढाएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बढेकोले नेपाल  आयल निगमले पेट्रोल,डिजल र मट्टितेलमा मुल्य बृद्दी गरेको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर  १ रुपैंया डिजल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैंया मूल्यवृद्धि गरिएको छ । अब पेट्रोल प्रतिलिटर १०३ र डिजेल र मट्टितेलको ८१ रुपैयाँ पुगेको छ । ग्याँसको र हवाई इन्धनको मूल्य भने यथावत छ ।

भारतिय आयल निगमले  नयाँ मूल्यसूची पठाएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मुल्य आजै राति १२ बजेबाट लागु हुनेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु